गणेश पान्डे,
स्पेन । नेपालको भुकम्पपीडितहरुको पुनर्स्थापना तथा सहयोगार्थ पोर्तुगलको राजधानी सहर लिस्बोनमा “रन फोर नेपाल ” (नेपालका लागि दौड ) च्यारिटी दौडको आयोजना गरिएको छ ।
पोर्चुगिस एथलेटिक्स संघ र ओरिएन्त वार्ड समिति संगको सहकार्यमा ओब्रिगाद पोर्तुगलका लागि सो दौड आयोजना गरिएको हो। करिब दुई सय जना सहभागी भएको सो कार्यक्रममा नेपालीहरुको भने निकै नै न्यून उपस्थिति थियो । ओब्रिगाद पोर्तुगलले नेपाल मा भुकुम्प पश्चात लामो समय देखि राहत र पुनस्थापनाको कार्य गर्दै आएको छ ।
उक्त दौडबाट संकलित रकम पोर्चुगिस स्वयंसेवक मार्फत नेपालमा पुनर्स्थापनामा लगानी गरिने कार्यक्रमका संयोजक अल्वारो लेइतले जानकारी दिएका थिए । ८ किलोमीटर उक्त दौड नेपाल र नेपालीका लागि निकै नै उत्साही कदम भएको एनआरएन पोर्तुगलका प्रेसिडेन्ट भिम कमल के .सी ले जानकारी दिए ।







