घिमिरे परिवार यूकेको भेला सम्पन्न, पूर्वमन्त्री घिमिरे पनि सहभागी

लन्डन-

घिमिरे परिवार यूकेको पारिबारिक भेला गत शनिबार सम्पन्न भएको छ। पूर्व जलस्रोत मन्त्री लक्ष्मण घिमिरेको प्रमुख आतिथ्यतामा लन्डनको साउथ इस्ट स्थित गेसो हलमा भएको भेलाले निलहरि घिमिरको अध्यक्षतामा कार्य समिति को बिस्तार गरेको हो । ghi1कार्यसमितिको उपाध्यक्षमा शंकर घिमिरे, महलाल घिमिरे,दिनेश घिमिरे तथा सचिवमा गुणदेब घिमिरे महासचिवमा शक्ति घिमिरे, कोषाध्यक्षमा लेखनाथ घिमिरे चयन भएका छन् । भेलाले सदस्यहरुमा विदुर घिमिरे, विश्व घिमिरे, मिलन घिमिरे, अनन्त घिमिरे, मैना घिमिरे, रेजी घिमिरे र सल्लाहकारमा कृष्ण उपाध्याय घिमिरे चयन भएका छन् । कार्यक्रममा पूर्वमन्त्री घिमिरेले घिमिरे वंशावली र अग्रज पुस्ताले कमाएका ऐतिहासिक उपलब्धिका बारेमा जानकारी दिएका थिए,भने बिदेस को ठाउँमा पनि घिमिरे परिवार जम्मा भयर पारिबारिक भाईचाराको सम्बन्ध्य बिस्तार ले आफुलाई खुशी लागेको बताए ।

ghi2

महासचिव शक्ति घिमिरेले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष महलाल घिमिरेले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सल्लाहकार कृष्ण उपाध्याय घिमिरेले घिमिरे परिवार युकेले बेलायत मा भैइपरी आउने समस्या लगायत दु:ख सूख मा एक जुट भयर हातेमालो गरि अगाडि जाने कुरा बताए भने,गुणदेव घिमिरेले कार्यक्रमको औचित्यका बारेमा जानकारी दिनुभएको थियो ।