दुर्घटनामा तीनको मृत्यु

काठमाडौँ- पुर्वपश्चिम राजमार्ग अन्तर्गत सुनसरीको नर्सिङ गाविस–१ मा आज विहान रोकिराखेको ना ५ ख ४८०४ नंं को यात्रुबसलाई पछाडिबाट आएको ना ३ ख ७९९० नं.को मालवाहक ट्रकले ठक्कर दिंदा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङ मधुमल्लाका बसका सहचालक सन्तोष केसी, नर्सिङ–१ घर भएका ३५ वर्षीय हासिम मन्सुरी मियाँ र नर्सिङ–१ का ३२ वर्षीय खुशीद आलम छन् ।

आलमको जिल्ला अस्पताल इनरुवा ल्याइसकेपछि मुत्यु भएको हो ।  ट्रक चालक र ट्रकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको छ ।