काठमाडौं- कांग्रेस बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सीमाङ्कनको विवाद जनमत सङ्ग्रहबाट टुङ्ग्याउनुपर्ने बताएका छन् ।
नेपाल प्रेस युनियन, बाँकेद्वारा नेपालगन्जमा सोमबार आयोजित पत्रकारसम्मेलनमा उहाँले मधेस केन्द्रित दलको सीमानाका बन्द गर्ने आन्दोलन जनविरोधी भएको बताए । ‘संविधानमा नमिलेका कुरा व्यवस्थापिका-संसदबाट टुङ्गो लगाउन सकिनेमा जोड दिँदै नेता देउवाले हिंसात्मक आन्दोलनले वार्तामा बस्ने वातावरणलाई सहज बनाउँदैन,’ उनले भने ।
देउवाले सरकारले कालोबजारीलाई नियन्त्रण गर्न नसकेकाले आपूर्ति व्यवस्था जटिल र कमजोर हुँदै गएको बताए ।






