
काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले यु-१९ विश्वकपमा छनोट हुन सफल यु-१९ टोलीका सदस्यहरुलाई प्रतिव्यक्ति ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ।
आइतबार बसेको संघको बैठकले विश्वकप तयारीका लागि मंसिर ११ देखि १६ गतेसम्म डबल राउण्ड रोबिन लिगका आधारमा प्रतियोगिता सञ्चालन गर्ने समेत निर्णय गरेको छ।
क्यानले यु-१९का प्रशिक्षक जगत टमाटालाई थप दुई महिनाका लागि अनुबन्धन गर्दै प्रतिमहिना २५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ।
यस्तै भ्रष्टाचार मुद्धामा विशेष अदालतबाट सफाइ पाएका अध्यक्षलगायत पदाधिकारीलाई स्वागतसमेत गरिएको महासचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए।






