विराटनगर । ताप्लेजुङको फुङलिङ बस्ने डिल्लीबहादुर खड्काले आफ्नै ३० वर्षीय श्रीमती मनमाया लिम्बुलाई खुकुरी प्रहार गरी घाइते बनाएका छन् ।
बुधबार साँझ दुबैबीच घरायसी विवाद भएपछि खड्काले मनमायालाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते मनमायाको स्थानीय तमोर अस्पतालमा उपचार भईरहेको छ भने खुकुरी प्रहार गर्ने डिल्लीबहादुरलाई जिल्ला प्रहरी कार्यालयले हिरासतमा लिएको छ ।






