जर्मनी- भारतले गरेको अघोषित नाकाबन्दीको विश्वभर रहेका नेपालीले विरोध गरिरहेका छन् ।
बेलायतमा सयौंले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सामुन्ने विरोध गरेपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको पनि ध्यानाकर्षण भएकाबेला अमेरिका र जर्मनीमा पनि विरोध प्रदर्शन भएको छ ।
भारतको अघोषित नाकाबन्दीको बिरोधमा जर्मनीका नेपालीहरुले बर्लिनमा विरोध प्रदर्शन गरेका छन् । एनआरएन पूर्वअध्यक्ष एवं संरक्षक जीवा लामिछाने, वर्तमान उपाध्यक्ष कुमार पन्तलगायतको उपस्थितिमा विरोध प्रदर्शन भएको हो ।
नेपाली समूदायले विरोधलगत्तै दूतावासमा ज्ञापन पत्र बुझाएका छन् ।









