बेलायत कब्जा गर्ने आतंकवादी संगठन आईएसको धम्की

isis

लण्डन । फ्रान्सको राजधानी पेरिसमा शुक्रबार राति भएको श्रृंखलाबद्ध हमलाको जिम्मेवारी लिएको आतंकवादी संगठन इश्लामिक स्टेट(आईएस)ले अब बेलायत कब्जा गर्ने योजना बनाएको छ ।

संसारमा ७० भन्दा बढी देशमा प्रभाव पारिसकेको आईएसले अब बेलायत लाई आफ्नो कब्जामा पार्ने योजना बनाएको हो । पेरिस घट्ना लगत्तै बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले आइसिलबाट धम्की बढिरहेको जनाएका थिए ।

अहिले बेलायतको प्रमुख सार्वजनिक स्थान, अन्डरग्राउण्ड रेल स्टेशन, सपिङ सेन्टर लगायत भीडभाड बढि हुने क्षेत्रमा विशेष सुरक्षा बल परिचालन गरिएको बेलायती अखवार दि टेलिग्राफले जनाएको छ ।आइएसको धम्कीपछि बेलायतको जासुसी संस्था एमआइ फाइभ र प्रहरिले पनि सुरक्षा व्यवस्था कडा बनाएको बताइएको छ ।

त्यसैगरि गत बिहीबार अमेरिकी ड्रोन आक्रमणमा ब्रिटिश जिहादी मोहम्मद इमवाजी (जिहादी जोन) मारिएपछि त्यसको बदलामा आतंकवादी हमला हुन सक्ने तर्फ बेलायत सचेत थियो । मुश्लीम समुदायको अधिकार लागि आईएस विश्वसँग लडिरहेको छ । शुक्रबार मात्रै आइएसले पेरिसमा आक्रमण गरेर १२८ जनाको ज्यान लिएको थियो ।