प्रधानमन्त्री सुशील कोइरालाले मुलुकले धेरै प्रदेश धान्न नसक्ने भन्दै सकेसम्म थोरै प्रदेश बनाउने विषयमा दलहरुबीच छलफल केन्द्रित भएको बताएका छन् । काभ्रेको आइटी पार्कमा शुक्रबार नेपाल जेसिजको ४१औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री कोइरालाले प्रदेशको संख्या बढ्दा मुलुकको आर्थिक भार समेत बढ्ने र १० भन्दा बढी प्रदेश मुलुककै लागि लाजमर्दो हुने बताए । आफू रहरलेभन्दा पनि परिस्थितिका कारण प्रधानमन्त्री भएको भन्दै उनले आगामी माघ ८ मै संंविधान आउने दाबी समेत गरे ।
बढी प्रदेश मुलुककै लागि लाजमर्दो : प्रधानमन्त्री






