लण्डनमा साहित्यकार मन्जु भण्डारी खरेलको प्रतिबिम्बन बिमोचन

manju1

तस्बिर्:एभ्रेस्ट गौतम

लण्डन ।  नेपाली साहित्य बिकास परिषद लण्डनले आयोजना गरेको महाकवि देवकोटाको १०७औं जन्मजयन्ति भव्यताकासाथ सम्पन्न भएको छ।

उक्त अवसरमा साहित्यकार मन्जु भण्डारीद्वारा लिखित निवन्ध संग्रह “प्रतिबिम्बनको” युकेका लागि नेपाली कावा राजदूत तेज बहादुर क्षेत्री, समाजसेवी चिकित्सक ओबिई डा. राघवप्रसाद धिताल, नेपाली साहित्य विकास परिषदका कावा अधय्क्ष कोमल मल्ल र बिबिसी नेपाली सेवाका पुर्व प्रमुख खगेन्द्र नेपालीले विशेष भव्य समारोहबीच सम्युक्त रूपमा लोकार्पण गर्नु भयो। अन्तराष्ट्रीय नेपाली वाँग्मय प्रतिष्ठानकी केन्द्रीय सदस्य समेत रहेकी मन्जु भण्डारी खरेल निबन्ध विधाको अलावा कविता, गीत र कथा लेखनमा पनि दखल राख्छिन्।

मन्जु खरेलले नेपाली भाषालाई डायस्पोरामा जिवन्त राख्न एक दशकदेखि नियमित रूपमा बेलायतमै जन्मेर हुर्केका नव पिडिलाई चाल्टनमा नेपाली भाषा अध्यापनको कार्य समेत गर्दै आएकी छिन्। गुल्मी समाज युकेको साँस्कृतिक फाँट सम्हालेकी मन्जु साहित्य र समाजसेवामा तन,मन वचन दिएर लागिपरेकी छन्। उनको निबन्ध प्रतिबिम्बनमा नेपाली माटोको सुवास र किशोरवयका महत्वपूर्ण संस्मरणहरू समावेश गरिएका छन्।

राष्ट्र, राष्टियता र आफ्नोपनको बारेमा बेलायतका नया पुस्तालाई यसले एेनाको रूपमा उतारीदिएको छ। उक्त निबन्धसंग्रहमाथि आफ्नो भावपूर्ण टिप्पणी सहित खगेन्द्र नेपालीले समिक्षा प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा बोल्दै नेपालीले मन्जुका निबन्धहरूले नया पुस्तामा नया जोस, जाँगर र नया उर्जा थपेको कुरा व्यक्त गर्नुभयो।

manju3कार्यक्रममा बोल्दै मन्जुको निबन्ध संग्रहको सफलताको कामना गर्दै यस्तो महत्वपूर्ण कृति आएकोमा तेज व.क्षेत्रि, कोमल मल्ल, राघव धितालले बधाई एवं शुभकामना सन्देश दिनुभएको थियो। समारोहमा कविता वाचन पनि राखिएको थियो।

कविता वाचन गर्ने कवि कवयत्रीहरुमा बाल कबि आगत खरेल, सागर सिलवाल, हरिसिंह थापा, खगेन्द्र पाठक (अनेवाका ट्रष्टि अध्यक्ष ), श्रीमती रिता गौतम, बिमला गौतम, फणिन्द्र भट्टराई,  निलकण्ठ खरेल ,मन्जु भण्डारी, कोमल प्रसाद श्रेष्ठ मल्ल, डा.सुधा श्रेष्ठ र लय प्रसाई थिए।

कार्यक्रममा सभाहल, जलपान प्रायोजन गर्ने समाजसेवी डा. राघबप्रसाद धिताल, एबीआइ कलेजका संचालक कृष्ण भट्ट, परिषदका सहअध्यक्ष ध्रुब केसी, पूर्व अध्यक्ष हरिसिंह थापा तथा श्रीमती थापा, कोशेलीका संस्थापक अध्यक्ष मदन थापा, एभरेष्ट गौतम र वीरेन्द्र कुँवर लगायत कार्यक्रम सफल पार्न योगदान दिने सम्पूर्ण पत्रकार, समाजसेवी र साहित्यिक मनहरूलाई धन्यवाद ज्ञापन गरिएको थियो।

कोमल मल्लको सभापतित्वमा भएको उक्त कार्यक्रममा महाकवि देवकोटाको व्यक्तित्व, कृतित्व र जीवनवारेमा समेत विभिन्न श्रष्टाहरूले मन्तव्य राखेका थिए।

manju2