दुई अमेरिकी सेनाको गोली हानी हत्या, दुई घाइते

america-sena

अम्मान (जोर्डन), २३ कात्तिक । जोर्डनका एक सरकारी अधिकारीले गोली हान्दा दुई जना अमेरिकी सेनाको मृत्यु भएको यहाँको सुरक्षा स्रोतले एएफपीलाई जानकारी गराएको छ ।

घटनामा दुई जना अन्य अमेरिकी नागरिक घाइते भएका छन् ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर भएको सेनाले बताएको छ भने अर्का नागरिकलाई खुट्टामा गोली लागेको आफ्नो नाम नबताउने सर्तमा एक सेनाले बताए । रासस÷एएफपी