१० कात्तिक । सद्भावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले प्रधानमन्त्री निर्वाचनमा आन्दोलनरत मधेसी नेताले सहभागिता जनाएर गम्भीर भूल गरेको बताउनुभएको छ ।
रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा उहाँले अब हुन लागेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनमा मोर्चा सहभागी नहुने स्पष्ट पार्नुभयो ।
सह–अध्यक्ष कर्णले सरकार वार्ताका लागि गम्भीर नभएको आरोप लगाउँदै सरकारले आफूहरुको राजनीतिक मागलाई समेटेर स्पष्ट एजेन्डा ल्याए वार्ता निर्णायक चरणमा प्रवेश गर्न सक्ने विचार व्यक्त गर्नुभयो ।
तराई मधेस सद्भावना पार्टीका वरिष्ठ नेता राम नरेश मधेसी जनताले आफ्नो अधिकार खोजेको हो भन्दै सरकारले चाहे आफूहरु निर्णायक वार्ताका लागि जतिबेला पनि तयार रहेको बताउनुभयो ।
उहाँले मुलुकमा आपूर्ति व्यवस्था सहज बनाउने, शान्ति सुरक्षा कायम गर्ने दायित्व सरकारको भए पनि यसमा सरकार पूर्णरुपमा असफल भएको बताउँदै यस्तो अवस्थामा कि आन्दोलनका माग सम्बोधन कि सत्ता छाड्नुपर्ने बताउनुभयो । रासस
मधेसी मोर्चाले भन्यो- कि आन्दोलनका माग सम्बोधन गर कि सत्ता छाड






