अन्तर्राष्ट्रिय कानुन निर्माणकाे विश्वकै प्रतिष्ठित संस्थामा प्राध्यापक सुवेदी

विश्वभरकै प्रतिष्ठित कानुनी संस्थामा प्रा सुवेदी निर्वाचित

लण्डन । अन्तर्राष्ट्रिय कानुन निर्माणमा विश्वकै सबभन्दा प्रतिष्ठित र प्रभावशाली मानिने इन्स्टिच्युट अफ इन्टरनेसनल ल को पूर्ण स्थायी सदस्यमा प्राध्यापक डा सुर्य सुवेदी निर्वाचित भएका छन ।

जेनेभास्थित सो संस्थाको हालै इस्टोनियामा सम्पन्न अधिवेसनले सुवेदीलाई पूर्ण स्थायी सदस्यमा  निर्वाचित गरेको हो ।  अन्तर्राष्ट्रिय कानुनको विकासमा महत्वपुर्ण योगदान दिएबापत नोबेल शान्ति पुरस्कार समेत पाइसकेको यस संस्थामा अर्राष्ट्रिय न्यायलयका न्यायधिशहरु, अन्तर्राष्ट्रिय कानुन आयोगका सदस्य तथा ससारभरका विभिन्न मुलुकका लब्ध प्रतिष्ठित कानुनविद सदस्य छन ।

आफना प्रकाशित ग्रन्थहरुबाट अन्तर्राष्ट्रिय कानुनको विकासमा योगदान पुरयाएको एक मात्र आधारमा उत्कृष्ट काुनविदहरुलाई सो संस्थामा निर्वाचित गर्ने गरिन्छ । प्राध्यापक सुवेदीले पनि सो पदमा निर्वाचित हुनका लागि अन्तर्राष्ट्रिय कानुनका विभिन्न विषयमा आफुले प्रकाशित गरेका गहन र स्तरीय कृतिहरुको लामो सुची बुझाएका थिए ।

लामो समयदेखि अन्तर्राष्ट्रिय कानुनका विषयमा कलम चलाउंदै आएका प्राध्यापक सुवेदीका कृतिहरुको सुची मात्रै १४ पृष्ठ लामो छ । बेलायतस्थित लिड्स विश्वविद्यालयका अन्तर्राष्ट्रिय कानुन विषयका प्राध्यापक उनी विश्वका कैयौं मुलुकस्थित विश्वविद्यालयमा भिजिटिंग प्राध्यापकको रुपमा समेत कार्यरत छन ।

यसबैबीच अमेरिकाको सबैभन्दा पुरानो र प्रतिष्ठित अमेरिकन सोसाइटी अफ इन्टरनेसनल ल ले अमेरिकाका सबै हाईस्कुलको लागि तयार पारेको अन्तर्राष्ट्रिय कानुन, मानवअधिकार र संयुक्त राष्ट्रसंघसम्बन्धी पाठ्यसामग्रीमा प्राध्यापक सुवेदीसंगको ती विषयमा लिइएको अन्तरवार्ता पनि समावेश गरेको छ । सो पाठ्यक्रम तयार पार्ने क्रममा विश्वभरबाट छानिएका चार जना विशिष्ट व्यक्तिमध्ये सुवेदी पनि छनौट भएका हुन ।