गत नोभेम्बर ३० लण्डनमा हृदयघात पश्चात उपचार हुदा हुदै आकस्मिक मृत्यु भएका गुल्मी नेपालका अनिल जंग थापाको शबलाई परिवारजनको चाहना बमोजिम नेपाल पठाइने भएको छ । आज गुल्मी जिल्ला समाज युकेका पदाधिकारीहरु थापाको लण्डन प्लामस्टिड निवासमा पुगी पारिवारिक सहयोगी तथा समन्वय कर्ता भरत थापालाई संकलित रकम हस्तान्तरण गरेका छन । समाजका अध्यक्ष अर्जुन गौतमका अनुसार थापाको शब नेपाल पठाउनको लागी गुल्मी जिल्ला समाज युकेका सदस्यहरुको आपसी सहयोग बाट पन्ध सय सत्र पाउण्ड (£१५१७ ) थापाको शब पारबहन सहयोगार्थ हस्तान्तरण गरिएको छ ।
सो अवसरमा संस्थाको तर्फ बाट अध्यक्ष अर्जुन गौतम सहित उपाध्यक्ष बिनोद ज्ञवाली, सल्लाहकारहरु बालजंग अर्याल, मोतिराज भण्डारी, दाशु पाण्डे र फत्त थापाको उपस्थिति थियो। संस्थापक अध्यक्ष ओम थापा उपस्थित हुन नसकेकोमा क्षमा याचना गरेको जानकारी महासचिव राम गलामीले दिएका छन । गुल्मी जिल्ला समाज युकेको मुख्य सहयोगको साथ साथै अन्य संस्था तथा व्यक्ति हरुको सहयोगमा रकमको प्रयाप्ततामा कमि नहुने जानकारी फ्युनेरल कम्पनि संग समन्वय गरेका गुल्मी जिल्ला समाज युकेका सल्लाहकार दाशु पाण्डेले बताए । आफ्नी श्रीमतीको साथमा लण्डन को प्लम्स्टिडमा बस्दै आएका स्वर्गीय थापाको शव नेपाल पठाउन गुल्मी जीला समाज युकेले सहयोग संकलनको पहल कदमी गरेको थियो । यस अघि पनि संस्थाका सचिव शिव भण्डारी, सल्लाहकार दुर्गा पाण्डे, चेतनाथ खनाल उनको निवासमा पुगिसकेका थिए |
चार्ल्टन नेपाली समाजले पनि सहयोग हस्तान्तरण गर्यो
साउथ ईस्ट लण्डनको चार्ल्टन निवासी नेपालीहरुको साझा मंच चार्ल्टन नेपाली समाज युकेले पनि स्वर्गीय अनिल जंग थापाको शब् नेपाल पठाउन सहयोग गरेको छ । संस्थासंग आवद्द व्यक्ति हरुको आपसी संकलन बाट पांच सय छब्बीस (£५२६) पाउण्ड पारिवारिक सहयोगी भारत थापालाई हस्तान्तरण गरिएको जानकारी सचिव तोयानाथ रिजाल ले जनाएका छन उक्त । रकम हस्तान्तरणको लागी चार्ल्टन नेपाली समाजका अध्यक्ष्य रोमनाथ पाण्डे र कोषाध्यक्ष कृष्ण खरेल स्वर्गीय थापाको निवासमा पुगेका थिए । उपाध्यक्ष टंक कंडेलका अनुसार सहयोग रकम कार्य समिति र सल्लाहकार अन्तर्गत बाटै संकलन गरिएको थियो ।
यसका अलावा अन्य संस्था तथा व्यक्तिगत संयोजनबाट पनि सहयोग संकलन भएको जानकारी प्राप्त भएको छ परन्तु धेरै तिर बाट सहयोग भएकोले विवरणको पूर्णता भने आईसकेको छैन । मर्दा पर्दा दिल खोलेर सघाउने नेपाली प्रचलन देश बाहिर प्रवाशमा पनि नेपालीहरुले दर्शाएका छन ।संस्थागत परिधि बाहिर रहने हरु पनि स्वतस्फुर्त रुपमा यो कार्यमा सहयोग गरिरहेका छन ।
पोस्ट मार्टममा लम्बिएको सबै प्रकृया पुरा भए संगै स्वर्गीय थापाकी श्रीमती सुनिता आजै नेपाल प्रस्थान गर्ने बताईएको थियो भने पार्थिव शरीरलाई आगामी हप्ता नेपाल पठाउने पक्का भएको जानकारी छ। उपचारको क्रममा मृत्यु भएको थापाको पोस्ट मार्टम गर्दा ल्याब टेस्ट लगायतका प्रकृया अपनाउनु पर्ने भएकोले यति लामो समय लागेको बताइएको छ ।
फडिन्द्र भट्टराई

फेसबुक कमेन्ट