
काठमाण्डाै २४ असाेज । राैतहट-पूर्व-पश्चिम राजमार्गको निजगढ-पथलैया सडक खण्डको दुधाैरा पुल नजिक बाटो काट्दै गरेको जंगली बँदेलसँग मोटरसाइकल जुधेर भएको दुर्घटनामा दुई प्रहरीको मृत्यु भएको छ।
मृत्यु हुनेमा बारा गढीमाइ नगरपालिका डुमरवानाका ३० बर्षीय प्रहरी हवल्दार गोबिन्द राणा र गोर्खा जिल्ला भुलिचोक-५ बस्ने २५ बर्षीय सागर गुरूङ रहेका इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक पुर्षोत्तम खड्काले जानकारी दिए। घाइते अवस्थाका दुबैजनालाइ अस्पताल पुर्याउदा चिकित्सकले मृत घोषणा गरेका खड्काले बताए। ठोक्किएको उक्त ३० केजीको जंगली बदेलको पनि घटनास्थलमै मृत्यु भएको छ।
शसस्त्र प्रहरी गण नं-३ रातोमाटो मकवानपुरमा दरबन्दी भै कामका लागि बा २८ प ३०३८ नम्बरको पल्सर बाइकमा जिल्ला प्रहरी कार्यालय राैतहट अाउदै गरेका प्रहरी दुर्घटनामा परेका हुन्।
अाइतबार राती साढे ८ बजे दुर्घटना भएको प्रहरी निरीक्षक खड्काले बताए। जिल्ला वन प्रमुख जिवन ठाकुरका अनुसार मरेको बदेल वन कार्यालयमा ल्याइएको छ।







