आश्विन २०, २०७२- बलिउड अभिनेता अमिताभ बच्चनलाई आज दिउँसो मध्य मुम्बईमा एउटा बाघले पछ्यो । त्यो पनि चार किलोमिटरसम्म । बच्चनले आफ्नो फेसबुक पेज र ट्विटर एकाउन्टमा आफूलाई पछ्याइरहेको बाघको फोटो पोस्ट गरेका छन् ।
मुम्बईको फिल्मसिटी नजिकैको संजय गान्धी राष्ट्रिय निकुञ्ज भ्रमणमा गएका बच्चनको गाडीलाई बाघले ४ किलोमिटरसम्म पछ्याएको हो । बच्चन भारतका बाघ बचाउ अभियानका सद्भावना दूत हुन् ।








