लण्डन १९ असाेज । बेलायत भ्रमणमा रहनुभएकी नेपाली काँग्रेसकी नेत्री कोइराला संग बेलायत स्थित नेपाली राजदुताबासमा नेबिसंघका नेताहरुले भेटघाट गरेका छन्। भेटघाटमा कार्यकारी सभापति कुश बस्नेत तथा उप-सभापति द्वय राजन खकुरेल, रेशम बस्यालले उपस्थिति थियो। भेटमा बेलायतमा नेबिसंघको भूमिका तथा अब बन्ने सरकारमा नेपाली काँग्रेसको भूमिका को बारे छलफल गरेका थिए। उपाधक्ष्य रेशम बस्यालले ससदको ठुलो पार्टी को हैसियतले अब बन्ने सरकार पनि नेपालि काँग्रेस नेतृत्वमा बन्नु पर्ने र सो सरकार ले जनतालाई बिकासको अनुभूति गराउनुपर्ने जिकिर गरेका थिए । उप-सभापति राजन खकुरेलले अब बन्ने सरकार एमालेलाई सहमतिको आधारमा नेतृत्व दिई ठूला दल संग भएको सहमतिको प्रस्ताब लाई निरन्तरता दिनु पर्ने यदी निरन्तरता दिन नसके काँग्रेसले ठुलो दुर्घटना बोग्नु पर्ने धारणा राखेका थिए। कार्यकारी सभापति कुश बस्नेतले जबसम्म प्रान्तीय सरकार बन्दैन तबसम्म कुनै पनि तराइका मुद्दालाई सम्बोधन र संसोधन गर्न उपयुक्त नहुने बताउनु भयो । नेत्री कोइराला ले दिर्गकलिन सहयात्रा र सहमतिले मात्र संविधानको कार्यावन सजिलो हुने हुदा अब बन्ने सरकार एमालेको नेत्रित्योमा हुनुपर्ने जोड दिनुभयो। नेबिसंघ बेलायत सस्थापक सभापति कुशल घिमिरे र सभापति बिनोद सुबेदी तथा सम्पूर्ण नेबिसंघ बेलायत परिवारले लण्डन स्थित नेपाली दुतावासका कार्यबाहक राजदुत तेज बहादुर क्षेत्रि लाई उक्त आन्तार्क्रिया कार्यक्रमा सहभागी को अबसर दिनु भएकोमा विशेश धन्यबाद दिएको छ ।
सुजाता कोइराला संग नेबिसंघ बेलायतकाे रात्रिभोज






