काठमाण्डाै १९ असाेज । निर्वाचनको मिति नजिकिँदै जाँदा गैर आवासीय नेपाली संघमा उम्मेदवारी दिने क्रम पनि बढ्दो छ ।
यसै क्रममा पछिल्लोपटक अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका राजेन्द्र सिवाकोटीले संघको अन्तर राष्ट्रिय समन्वय समितिको कोषाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
पेसाले नै दर्तावाल लेखा परीक्षक रहेका सिवाकोटी यसअघि एनआरएन एनसीसी अमेरिकाको कोषाध्यक्ष हुँदै आईसीसीसम्म पुगिसकेका छन् । उनले आफ्नो अनुभवको सदुपयोगका लागि उम्मेदवारी दिएको बताएका छन् ।







