दुर्इ हजार पाउण्डमा विक्याे गाेर्खा हिराे दीपप्रसादकाे चित्र, भूकम्पपिडीतका लागि सहयाेग

http://wenepali.com/wp-content/uploads/2015/10/GetImage.ashx_.jpegलन्डन । अफगानिस्तान युद्धमा बहादुरी प्रदर्शन गरेर बेलायतको दोश्रो उच्च पदक कन्सपिसिअस् ग्यालेन्टी क्रस 
(सिजिसी) विजेता सार्जेन्ट दीपप्रसाद पुन:काे चित्र २ हजार पाउण्डमा विक्री भएकाे छ । कलाकार नोरिन डेन्जिलले बनाएकाे साे चित्र दीपप्रसादकै रेजिमेन्ट दि रोयल गोर्खा राइफल्स् ले २ हजार पाउण्डमा किनेकाे हाे ।

डेन्जिलले गत महिना उक्त चित्र नेपालमा भुकम्पपिडीतकाे सहयाेगार्थ केन्द्रित भइरहेको गोर्खा वेलफेयर ट्रष्टलाई हस्तान्तरण गरेपछि ट्रस्टमार्फत दि रोयल गोर्खा राइफल्सले किनेकाे हाे । उक्त चित्र सोर्नक्लिफ, केन्टस्थित ब्यारेकमा झुण्ड्याइने छ ।

सार्जेन्ट पुनले सन् २०१० मा अफगानिस्तानमा युद्धका क्रममा बहादुरी प्राप्त गरेबापत अफगानिस्तान युद्धमा बहादुरी प्रदर्शन गरेर बेलायतको दोश्रो उच्च पदक कन्सपिसिअस् ग्यालेन्टी क्रस 
(सिजिसी) प्राप्त गरेका थिए । सन् २०१५ मा ब्रिटिश सेनामा गोर्खा भर्तीको दुई सय वर्ष गांठ मनाइरहंदा सार्जेन्ट पुनको सहभागिता पनि चर्चामा छ । गत जुनमा उनी प्रिन्स ह्यारीसहित बेलायती राजपरिवारको समेत आकर्षणमा थिए ।

कलाकार डेन्जिलले यसै वर्षको प्रारम्भतिर युद्ध झल्कने चित्रकला प्रदर्शनी सोचिरहेका बेला सार्जेन्ट पुनको साहसिक कदम स्मरण गर्दै उनको चित्र कोर्ने अभिलासा लिएकी थिइन् ।

डेन्जिलले गोर्खा भेट्रानहरुलाई सहयोग गरिरहेकाले ट्रष्टलाई चित्र हस्तान्तरण गर्ने निर्णय गरेको बताएकी छिन् । उनलाई गोर्खा हिरोको चित्र बनाउन जति गर्व छ, उक्त चित्र सार्जेन्ट मेसमा झुण्डने भएर झन् बढि खुशी मिलेको छ ।