केन्द्रको पत्र हाम्रै निर्णयपछि आएको होः प्रसाईं (भिडियो सहित)

बेलायतका कांग्रेसको एकता बैठक सम्पन्न:भिडियो सहित

लन्डन । नेपाली कांग्रेस, नेपाली जनसम्पर्क समिति समन्वय विभाग सदस्य विज्ञान प्रसाईंले तीन महिनाभित्र समितिको अधिवेशन गराउन केन्द्रले दिएको निर्देशन यूकैमै एकीकृत विशेष बैठकको निर्णयपछि आएको प्रष्ट्याएका छन् ।nepali-Congress-flag_20110409091641[1]

२६ जुलाई, २०१५ का दिन साउथ ह्यारोमा सम्पन्न नेपाली जनसम्पर्क समिति, बेलायतको एकीकृत विशेष बैठकले विभाजित समितिलाई एक बनाउन भएको सहमति अनुरुप नै कांग्रेस केन्द्रिय कार्यालयका मुख्य सचिव ऋषिकेश तिवारीले पत्र मार्फत आफूलाई एकीकृत समितिको संयोजक तोक्दै अधिवेशन गर्न निर्देशन दिएको प्रसाईंले जनाए ।

२६ जुलाईको बैठकमा अब एक भएर जानुपर्ने निर्णयमा दुवै पक्षका विज्ञान प्रसाईं, विकास देवकोटा, विश्व घिमिरे, महेश दाहाल, शान्तविनोद लामिछाने, मोहन ढकाल, प्रशान्त कुंवर, गणेश दाहाल, युवराज सिंह, डा. मिन रानाभाट, ध्रुवकुमार ढकाल, शिव भण्डारी, सूर्य नेम्वाङ, भोजप्रसाद गुरुङ, शंकर गिरी, किरण राई, रणबीर योङहाङ, कुश बस्नेत, राजकुमार त्रिपाठी, लक्ष्य गुरुङ, विजन भट्ट, घनश्याम गिरी, नारायण आचार्य, राज पाठक, विपिन निरौला, कोपिला सुब्बा, कुमारी गुरुंग, मिलन वाग्ले, प्रमेश श्रेष्ठ र आलेख चौहानले हस्ताक्षर गरेका छन् ।

त्यसैगरि, बैठकमा उपस्थित हुन नसकेपनि उक्त निर्णयमा नवराज न्यौपाने, मोती भण्डारी, भीम राई,केशव भण्डारी ,राजकुमार शाक्य, तेजबहादुर राई, हितकाजी गुरुङ, डा. सम्पूर्णानन्द ढुंगाना र राज सिटौलाले फोनमार्फत र हस्ताक्षरबाट समर्थन गरेका थिए ।

‘बेलायतका समस्त कांग्रेसीजन एक ढिक्का भएर जानुपर्छ भन्नेमा अडिग हुनुहुन्छ र त्यो उहांहरुको लामो समय देखिको चाहना पनि छ’, प्रसाईंले लन्डन नेपाल न्यूजसंग भने, ‘यहां अझैं पनि केही तत्व समाज भांडेर अन्यौलको वातावरण सृजना गर्न तल्लीन छन् ।’

लोक गुरुङ परस्त लन्डनको एउटा अनलाइनले नेपाली कांग्रेस जनसम्पर्क समिति समन्वय विभाग प्रमुख अर्जुन जोशीले फोनबाट लोक गुरुङलाई उनी नै सभापति रहेको र काम अगाडि सुचारु गर्नु भनि बताएको सतही समाचार हालेको थियो । जोशीको आधिकारीक पत्र अहिलेसम्म केही आएको छैन् । जोशी समितिको विवाद मिलाउने नाममा पटक पटक बेलायत आएपनि उनले प्रभावकारी कदम केही चाल्न नसकेको यहांका कांग्रेसीहरुको विश्लेषण छ ।

समितिका पूर्व महामन्त्री शान्तविनोद लामिछानेले संविधान निर्माण प्रक्रिया सकिएपछि प्रवासमा रहेका समितिहरुलाई एकीकृत गर्न पार्टी सभापतिकै निर्देशनमा उक्त पत्र आएको विश्वास व्यक्त गरेका छन् ।

लोक गुरुङ ६ वर्ष यता सभापति छन् । उनले निकासका लागि पद त्याग्न चाहे पनि उनका आसेपासेको भड्काउमा अधिवेशन लामो समयदेखि स्थगित छ ।12083639_10206100755890674_851796512_n[1]11805718_10204650899301251_285556135_n1[1]