हिँडेरै परीक्षा दिन आउन बालबालिकालाई विद्यालयको निर्देशन

काठमाण्डौ १४ असोज । निजी कलेजका गाडी तथा सार्वजनिक यातायात कम चल्न थालेपछि उच्च शिक्षा पढ्ने विद्यार्थी घरमै बस्न थालेका छन्।
तर, विद्यालय तहमा भने बालबालिकालाई सास्ती हुन थालेको  खबर आजको नयाँ पत्रिकामा छापिएको छ। इन्धन अभाव भएपछि निजी विद्यालयले यातायात सेवा बन्द गर्न थालेका छन्, तर यस्तो अवस्थामा पनि परीक्षा स्थगित नगरेर सानासाना बालबालिकालाई हिँडेरै भए पनि विद्यालय आउन निर्देशन दिएको छ।
विद्यालयको यस्तो व्यवहारले स-साना बालबालिकाले सास्ती पाउने भएका छन्।