लन्डन । व्रिटिस गोर्खाली पूर्व सैनिककाे कार्यक्रममा सहभागी हुन नेपाली काँग्रेसकी नेतृ पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला लण्डन अाएकी छन्र ।
आगामी ४ अक्टोबरका दिन फोकस्टोन केन्टमा हुन गइरहेको गोर्खा मेमोरियल स्मारक उद्घाटन समारोहका लागि उनी मस्कोबाट लन्डन आइपुगेकी हुन् ।
कोइरालाको स्वागत गर्न कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीसहित कांग्रेस निकट नेपाली जनसम्पर्क समिति, बेलायतका पदाधिकारी हिथ्रो विमानस्थल पुगेका थिए ।
ब्रिटिश सेनामा गोर्खा भर्तीको दुई सय वर्ष गांठका अवसरमा उक्त स्मारक बनाइएको हो । गोर्खा मेमोरियल फण्डका अध्यक्ष पूर्व काउन्सिलर धन गुरुङका अनुसार, स्मारक उद्घाटनका लागि ब्रिटिश अभिनेत्री जोआना लुम्लेसहित बेलायती तथा नेपाली विशिष्ठ व्यक्तिहरुको सहभागिता रहनेछ ।
काँग्रेस नेतृ कोइराला लण्डनमा






