नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले असहमतिका विषयमा फरक मत राखेरै भएपनि माघ ८ गतेभित्रै संविधान जारी गर्नुपर्ने बताएका छन् ।
पर्वतमा मंगलबार एमाले पर्वतको आठौं जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले संविधानका विवादित विषयमा सहमत हुन नसक्नेहरुले फरक मत राख्न सक्ने बताए । संविधान सर्वसम्मत हुन नसक्ने भन्दै उनले माघ ८ मा संविधान जारी गर्न माओवादी र मधेसी दलहरुले सहयोग गर्नुपर्ने बताए ।
संविधान सर्वसम्मत हुन सक्दैन : नेपाल






