बनेपा चार दोबाटोमा रहेको काभ्रे स्वीट एन्ड मिठाइ भण्डारमा प्रहरीले छापा मारी यौनधन्दा चलाएको आरोपमा पसल सञ्चालक विनोद गुप्तासहित एक जोडीलाई पक्राउ गरेको छ । मिठाइ पसलमा यौनधन्दा गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो । अभियुक्तलाई सार्वजनिक अपराधअनुसार मुद्दा चलाइएको छ ।
मिठाइ पसलमा यौनधन्दा गर्ने पक्राउ






