नेपालका पुर्बी क्षेत्र लगायत काठ्माण्डौ र विश्वका बिभिन्न देश जहाँ लिम्बुहरुको बसोबास गरेका छन् ती ठाउँ हरुमा यो चाडलाई विषेस महत्वको साथ मानिने गरिन्छ ! जस अनुसार गत शनिबार २०१४ का दिन बेजिङ्स्टोक लिम्बुहरुले चासोक तङ्नाम (न्वागी पुजा)भब्यताका साथ मनाएका छन् !
मेलरोज कमिनिटि हलमा सम्पन्न कार्यक्रममा फेदाङ्मा (पुजारी) श्री लाल बहादुर बोखिम ज्युले बिभिन्न परिकारको फल फुल,अन्न भेटि हरु माङ्(भगवान)लाई चढाई सुरुआत गर्नु भए लगत्तै दोस्रो चरणमा श्री विजय लिङ्थेप ज्युको अध्यक्षतामा बार्षिक साधारण सभामा परिणत भएको थियो !कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष श्रीमती अमृता पालुङ्वा साबेहीम ले गर्नु भएको थियो भने कोषाध्यक्ष श्री लक्ष्मी आवजङ ज्यूले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो र सचिव श्री चन्द्र बेघा ज्यूले बार्षिक विवरण प्रस्तुत गर्नु का साथै कार्यक्रम संचालन समेत गर्नु भएको थियो !उक्त दिन साधरण सभा पनि भएको हुनाले शाखाको कार्यहरु प्रति सबैले आ-आफ्नो सुझाब ,सल्लाह हरु राखेका थिए !
त्यसै गरि अध्यक्षको बाहुल्लीबाट बिभिन्न शैक्षिक क्षेत्रमा उतिर्ण गरेका नानीहरुलाई खादाले सम्मान सहित प्रमाणपत्र पनि वितरण गरिएको थियो !
सल्लाहकार श्री हर्कजङ कुरुङ्बाङ ज्युले चासोक तङ्नाम को बारेमा जानकारी गराउनु भएको थियो !सल्लाहकार श्री भक्त बेघा ज्युबाट आगामी दिनहरुमा युबाहरुलई पनि थप जेम्मेवारी दिनु पर्ने मा जोड दिनु भएको थियो !
मनोरंजन तर्फ च्याब्रुंग नाचमा श्री चन्द्र आङ्बुहाङ,श्री तिलविक्रम सोम्बाहाम्फे ,श्री हर्कजङ कुरुङ्बाङ,श्री पेपराज कुरुङ्बाङ,भान्जा श्री दिलिप बोखिम श्रीमती आशा कुरुङ्बाङ,श्रीमती युवा लिम्बु ,श्रीमती भीमा खापुङ कुरुङ्बाङ,श्रीमती चन्द्रकला लिम्बु लगायत ले भाग लिएका थिए !
एकल नृत्य मा श्रीमती प्रिया राई लिङ्थेप र श्रीमती चन्द्रकला लिम्बु ले सुन्दर प्रस्तुति गर्नु भएको थियो !यसरीनै स्थानीय गायक दिलिप बोखिमको कर्णप्रिय गीतहरुले हलनै संगीतमय बनेको थियो !
सम्पूर्ण कार्यक्रम को फोटोग्राफी श्री राजेन्द्र पाहिम ज्यूले सम्हाल्नु भएको थियो !
अन्तमा यो विषेस चाड चासोक तङ्नाम लाई सफल बनाउन सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरुलाई आभार ब्यक्त गर्दै धन्यबात का साथ अध्यक्ष ज्यूबाट कार्यक्रमको समापन गर्नु भएको थियो !
बेजिङ्स्टोकमा चासोक तङ्नाम सम्पन्न






