गुल्मीमा विविध झाँकिहरु सहित रथ यात्रा

गुल्मी,  २० भदौं ।  श्रीकृष्ण जन्माष्टमीको अवशरमा आईतवार गुल्मीमा रथ यात्रा निकाल्नुका साथै रोपाई जात्राको समेत आयोजना गरियो । तम्घास्थान संयुक्त मन्दिर व्यवस्थापन समितिको आयोजनामा निकालिएको उक्त रथ यात्रा भजनकिर्तन, झाँकि र विभिन्न नृत्यहरुका साथै बाजागाजाका साथ तम्घास परिक्रमा गरि तम्घासथान मन्दिर परिशरमा पुगेर समापन भएको थियो
रथ यात्रामा सयौं मानिसहरुको सहभागिता रहेको थियो ।  रथ यात्रा निकालेको हेर्नका लागि गाउँगाउँदेखि मानिसहरु सदरमुकाम आई पुगेका थिए । सोही अवशरमा रेसुङ्गा युवा ब्लव र गुल्मी युनाईटेड युवा क्लवले गाईजात्रे हास्य व्यंग्य प्रस्तुतिहरु सहित रोपाई जात्रा निकालेको थियो ।