गुल्मी, १७ भदौ । गुल्मीको तुराङ्गमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । तुराङ्ग गाविस १ निवासी ४० बर्षीय धनपति पौडेलको शव सोही गाविस अन्र्तगत ३ स्थीत हुग्दी खोलाकोे कुलोमा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक रविन्द्र रेग्मीले बताए ।
पौडेललाई बिहिवार बिहान हुग्दी खोलाकोे कुलोमा मृत अबस्थामा फेलापारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतक पौडेलको शबलाई पोष्टमार्टम गरेपछि उनका आफन्तहरुलाई वुझाईने प्रहरीले जनाएको छ । पौडेलको मृत्यु हुनाको कारण भने अझै खुल्न नसकेको त्यसको वारेमा थप अनुसन्धान भैरहेकोे वताईएको छ ।
जनार्दन घिमिरे
गुल्मीको तुराङ्गमा एक व्यक्ति मृत फेला






