एक यौनकर्मी युवतीले आफूले विभिन्न वेश्यालयहरुमा काम गर्दाको आफ्नो यथार्थ कथाको सनसनीपूर्ण खुलासा गरेकी छिन् । सोसल साइट रेडिटको आस्क मी एनिथिंग नामक थ्रेडमा यौनकर्मी सराह ग्रिनमोरले जिज्ञासुहरुका जवाफ फर्काउने क्रममा आफ्नो कथा खुलस्त भनेकी हुन् । अमेरिकाको नेवादाकी बासिन्दा सराहले आफ्नो आम्दानीको बारेमा समेत खुलासा गर्दै आफूले १५ दिनमै झण्डै १० हजार डलर कमाउने गरेको बताइन् । आफूले सुरुमा एउटा स्पामा काम गरेको तर त्यसबाट राम्रो कमाइ नभएपछि आफू यौन उद्योगतर्फ लागेको बताएकी छिन् । उनले काम गर्ने गरेको मूनलाइट बन्नी राँच वेश्यालय एउटा रियालिटी टेलिभिजनमा समेत देखाइएको थियो । ‘तिमी बुढी भएपछि के गर्छौ ? अनुहारमा चाउरी परेपछि के गर्छाै ?’ भन्ने जस्ता व्यक्तिगत प्रश्नहरु दैनिक रुपमा आउँदा त्यसले आफूलाई दिक्क पार्ने गरेको उनले बताइन् । दुनियाँमा महिलाहरुले यौन सेवा खरीद गर्ने तथा यौन उद्योगमा ग्राहक बन्न जाने क्रम पुरुषको तुलनामा निकै कम रहेको भन्दै उनले त्यसैले वेश्यालयमा महिला ग्राहकको संख्या खासै नहुने अनुभव सुनाइन् । वेश्यालयमा आउने सबै पुरुषहरु केवल सेक्सका लागि नआउने गरेको उनको अनुभव छ । कतिपय ग्राहकहरु यौनकर्मी महिलासँग नजिकिन, अन्तरंग कुराकानी गर्न तथा रमाइलो गर्न समेत आउने उनको अनुभव छ । आफूले केही वर्षसम्म एकजना पोर्नस्टारसँग प्रेम र रोमान्स गरेको खुलासा गर्दै उनले तर पछि ऊसँग ब्रेकअप भएको र यसमा आफूहरु दुबैजनाको पेशासँग सम्बन्धित विभिन्न विषयहरु जिम्मेवार रहेको बताएकी छिन् । आफू अब अरु कसैसँग पनि डेटिङका लागि इच्छुक नरहेको भन्दै उनले आफू आफैसँग र आफूलाइ पैसा तिर्नेसँग निरन्तर डेटिङमै रहने बताइन् । यौन व्यवसायलाई तिव्र रुपमा अगाडि बढाइरहेकी सराहको एउटा कडा नियम छ । त्यो हो उनी कण्डम विना सेक्स गर्दैनिन् । ‘मेरो तथा मेरो ग्राहकको सुरक्षा यौन सन्तुष्टि भन्दा महत्वपूर्ण कुरा हो । यसमा विवाद नै छैन’, उनी भन्छिन् । एकपटक उनले ध्यान नदिएको बेलामा एक कलेज पढ्ने विद्यार्थी ग्राहकले उनीसँग कण्डम नै नलगाई यौनसम्पर्क गर्न थालेछ । पछि उनले उसलाई ईश्वरको डर देखाएपछि उसले उल्टै चार सय डलर दिएर माफी माग्दै भागेको पनि उनले बताएकी छिन् ।
यौनकर्मी महिलाको आफ्नै कहानी






