तराईको कथालाई मुख्य रुपमा उठान गरेको नायक निखिल उप्रेती अभिनित चलचित्र ‘भैरव’ लाई चलचित्र सेन्सर बोर्डले पास गर्न सकेको छैन । चलचित्रको बिषयबस्तु तराईसँग सम्बन्धित भएको र तराईमा आन्दोलन चलिरहेकाले पनि सेन्सरले पास गर्न नसकेको बताइएको छ । सेन्सरले पास गर्न नसकेपछि गृह मन्त्रालय र केही सभासदलाई चलचित्र देखाउने तयारी गरिएको छ । चलचित्रमा तराईका एक पात्रलाई मुख्य खलपात्र देखाइएको छ भने नायक उप्रेती प्रहरीको भूमिकामा छन् । कथा केही गम्भिर भएकाले पनि सेन्सरले पास गर्ने हिम्मत नगरेको बुझिएको छ । आजबाट चलचित्र प्रदर्शनी हुन लागेकाले पनि सेन्सरको झमेलामा परेको खण्डमा अप्ठ्यारो पर्ने देखिएको हो । पाँच बर्षपछि निखिल उप्रेती चलचित्र क्षेत्रमा फर्कदै ‘भैरव’ को अभिनय तथा निर्देशन गरेका हुन् ।
‘भैरव’ लाई सेन्सरले रोक्यो






