अष्ट्रियाको हाईवेमा ७१ जनाले यसरी गुमाए ज्यान (भिडीयो सहित)

A truck in which migrants were found dead, is prepared to be towed away on a motorway near Parndorf, Austria August 27, 2015. REUTERS/Heinz-Peter Bader

लण्डन ।  गैरकानुनी रुपमा ट्रकमा लुकेर युरोप छिर्न खोज्ने ७१ जनाले निसास्सिएर ज्यान गुमाएका छन । युरोप छिर्न खोज्ने ती आप्रवासीहरुको शव अष्ट्रियाको हाईवेमा एक ट्रकभित्र भेटिएको त्यहांको गृह मन्त्रालयले पुष्टि गरेको छ ।

A truck in which migrants were found dead, is prepared to be towed away on a motorway near Parndorf, Austria August 27, 2015. REUTERS/Heinz-Peter Bader

मृतकहरुमध्ये ५८ पुरुष, ८ महिला, चार केटाकेटी र एक शिशु रहेको बेलायती अखबार गार्डियनमा खबर छ ।

पूर्वी यूरोपबाट फ्रान्स र जर्मनी जोडने हाईवेमा सो ट्रक भेटिएको थियो जहांबाट स्लोभाकिया, हंगेरी लगायतका यूरोपेली देशको दूरी जम्मा १० माइल मात्र छ ।  कुखुरा ओसारपसार गर्ने सो ट्रकमा कुनै झयाल नभएका कारण त्यसभित्र लुकेका उनीहरुको निसास्सिएर मृत्यु भएको हो ।

स्थानीयबासीले बुधबारदेखि नै ट्रक सो हाईवेमा रोकिएको देखेका बताएका छन । बिहिबार मात्रै अष्ट्रियाको प्रहरीले सो ट्रकभित्र मृतकहरुलाई फेला पारेको थियो ।
यसैबीच मानव तस्करीमा संलग्न सो ट्रकका चालक रहेका एक बुल्गेरियन नागरिकलाई शुक्रबार हंगेरीको प्रहरीले पक्राउ गरेको छ ।