लण्डन ।
लन्डनमा अध्ययनरत २५ वर्षीया एक नेपाली विद्यार्थी सिर्जना भण्डारी गौतमले गत जुनमा भएको एसीसीए पि वान -प्रोफेशनल लेभल) परीक्षामा विश्वभरका २१ हजार ३ सय ७ जना परीक्षार्थीलाई पछि पार्दै ८९ स्कोरसहित प्रथम स्थान हासिल गरेकी छन ।
सन् २०१० सेप्टेम्बरमा लण्डन आएकी सिर्जनाले लन्डन मेट्रोपोलिटन युनिभर्सिटीबाट म्याथ एण्ड अकाउन्टिङमा ब्याचलर्स डिग्री गरेर एसीसीए पढ्न थालेकी थिइन् । भण्डारीले भनिन् – लण्डनमा केहि दिन अल्मल भयो,यहाँका साथी भाइ ,पढाउने तरिका ,यहाँको रहन सहन्मा घुल्मिल हुन केहि समय लाग्यो ,तर पछी युज टु भए ।
उन्ले भनिन्-एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड अकाउन्टेन्ट्स (एसीसीए)को नतिजासहित इमेल आउंदा त म शुरुमा आश्चर्यचकित भएं’, ‘मेरो सफलताका पछाडि मिहेनत नै हो । मेरो परिवार ले मलाई धेरै साथ दिनुका साथै मेरो श्रीमान को पनि साथ छ । भविष्यमा अकाउन्टिङमै करिअर बनाउने लक्ष्य लिएकी छु ।







