काठमाडौं, श्रावण २७ । प्रविधिको विकासले दैनिक जीवनमा धेरै कामलाई सहज बनाएको छ । यसै क्रममा अब प्रेमिकालाई म्यासेज पठाउने विशेष एप उपलब्ध गराइएको छ । ‘ब्रो–एप’ पुरुषहरुका लागि बनाइएको हो । त्यसो त, मोबाइल फोनबाटै पनि म्यासेज पठाउन नसकिने होइन तर यो एपको मद्दतबाट आफू अन्य कुनै काममा व्यस्त रहे पनि आफ्नी प्रेमिकालाई खास समयमा खास म्यासेज पठाउन सकिने छ ।
कुनै समय आफू अन्य काममा व्यस्त रहनुपर्ने स्थितीका बाबजुद प्रेमिकालाई खास म्यासेज पठाउनै पर्ने अवस्थामा यो एपको मद्दत लिन सकिन्छ । एन्ड्रोयड र आइ–फोनमा यो एप डाउनलोड गरिसकेपछि आफ्नी प्रेमिकाको फोन नम्बर सेट गर्ने र म्यासेज चयन गर्ने काम आफूले फुर्सदको समयमा गर्नुपर्छ ।
म्यासेज कुन समयमा पठाउने हो भन्ने तय गरिसकेपछि तपाई व्यस्त रहे पनि उक्त समयमा यो एपले तपाईको प्रेमिकाको मोबाइलमा निर्धारित म्यासेज पठाइदिन्छ ।
प्रेमिकालाई म्यासेज पठाउन एप






