दमासकस -सिरिया, २२ साउन । सरियामा आफ्नो गतविधिलाई सशक्त पार्दै आइरहेका ३२ इस्लामिक स्टे्ट -आइएस_ समूहका लडाकूद्वारा दजनौँ सिरियाली क्रिश्चियन धमावलम्बी तथा २३० नागरिकको अपहरण गरेको
यहाँस्थित मानवअधिकार र पर्यवेक्षण समूहले शुक्रबार जनाएको छ । अपहरित दुईसय ३० नागरिक मध्ये केही महिला र १९ बालबालिकासमेत रहेको जनाइएको छ । उनीहरूलाई सिरियाको दक्षिण पूर्वमा अवस्थित होम्स प्रान्तको क्वारिएन्टन शहरबाट अपहरण गरिएको मानव अधिकारकर्मीले बताए । अपहरित नागरिक कहाँ र कुन अवस्थामा राखिएका छन् भन्ने कुनै जानकारी समेत प्राप्त नभएको बताइएको छ ।
आइएस लडाकूद्वारा दर्जनौँ अपहरण






