गुल्मी जिल्ला समाज युकेले एम्बुलेन्सका लागी १ लाख हस्तातरण

अनिल खत्री

गुल्मी,

गुल्मी जिल्लाको पिपलधारा चौतारी सम्पर्क समिती बिश्व संञ्जाललाई एम्बुलेन्स खरिद गर्न गुल्मी जिल्ला समाज युकेले सहयोग गरेको हो । समाजले शुक्रवार तम्घासमा आयोजित एक कार्यक्रमका बिच सहयोग रकम हस्तातरण गरेको छ । पिपलधारा चौतारी सम्पर्क समिती बिश्व संञ्जाललाई समजको तर्फबाट रकम हस्तातरण गर्दै ।pipaldhara-chautari-samparka-samaj[1]

कार्यक्रममा समाजका उपाध्यक्ष केशव भण्डारी र कानुनी सल्लाहाकार चेतनाथ खनाल जिल्लाका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले सञ्जालका अध्यक्ष बाबुरा थापालाई एम्बुलेन्स संञ्चालननार्थ रु १ लाख हस्तातरण गरेका थिए । रकम हस्तातरण कार्यक्रमका बोल्दै समाजका उपाध्यक्ष केशव भण्डारीले गुल्मी जिल्ला यु.के.समाजले गुल्मी जिल्लामा ४ वटा एम्बुलेन्स सहयोग गरेको बताए । समाजले गुल्मी जिल्लामा बिभिन्न क्षेत्रमा सहयोग गर्दै आएको बताए । समाजले गुल्मी जिल्लामा मानलाई प्रत्यक्ष फाईदा हुँने बिभिन्न क्षेत्रमा सहयोग गर्दै जाने बताए ।

कार्यक्रमा प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले जिल्लामा बिभिन्न क्षेत्रमा सहयोग गर्दै आएको गुल्मी जिल्ला समाज युकेलाई धन्यावाद दिँदै पछिल्लो यो एम्बुलेन्स खरिद गर्न गरेको सहयोग प्रति धन्यावाद दिदै जिल्लामा आगामी दिनहरुमा पनी सहयोग गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ गुल्मीका सचिव तारा प्रसाद भुसाल, गुल्मी जिल्ला समाज यूकेका कानुनी सल्लाहाकार चेतनाथ खनाल, पिपलधारा चौतारी सम्पर्क समिती बिश्व संञ्जालका सल्लाहाकार हरि थापा लगायतले मनतब्य राखेका थिए ।

गुल्मी जिल्लाा एम्बुलेन्स संञ्चालन गरेर सेव गर्न लागेको संञ्जालले हाल १७ वटा देसमा रहेका गुल्मी जिल्लाका दजुभाईहरुको सहयोगमा एबुलेन्स संञ्चालन गर्न लागेको संञ्जालका अध्यक्ष बावुराम थापाले बताए । थापाका अनुसार एम्बुलेन्स खरिद प्रक्रिया अगाडी वढेकोले अब छिट्टै संञ्चालनमा आउने बताए ।

जिल्लाको पिपलधारा चौतारी सपर्क समिती बिश्व संञ्जाल भेटघाट तथा रकम हस्तातरण कार्यक्रममा जिल्ला स्थित बिभिन्न कार्यालयका प्रमुख पत्रकार लगायतको सहभागिता रहेको कार्यक्रम सञ्जालका अध्यक्ष बावुराम थापाको अध्यक्षता प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेको प्रमुख आतिथ्यता सञ्जालका सदस्य धन बहादुर खड्काको स्वागत र पत्रकार बिक्रम खड्काको संञ्चालनमा सम्पन्न भएको थियो । श्रोतgulminews.