काठमाडौं, २२ साउन । चर्चित अल्ट्रा धाविका मीरा राई बिहीबार स्वदेश फर्किएकी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरियो । अल्ट्रा धाविकाको रूपमा एकपछि अर्को सफलता हात पारेकी मीराले हालै फ्रान्समा सम्पन्न ८० किलोमिटर दूरीको मोन्ट ब्लंक अल्ट्रा म्याराथनको उपाधि जितेकी थिइन्। उनले निर्धारित दूरी १२ घन्टा ३२ मिनट १२ सेकेन्डमा पूरा गर्दै विश्व कीर्तिमान पनि बनाएकी थिइन्।
मीरा गत आइतबारमात्र नर्वेमा आयोजना भएको ४५ किलोमिटर दूरीको ‘स्काई रनिङ वर्ल्ड सेरिज’ मा दोस्रो भएकी थिइन् । मीराले यो सिजन इटाली, फ्रान्स र नर्वेमा आयोजित विभिन्न पाँचवटा अन्तर्राष्ट्रिय स्पर्धामा सहभागी भइन्।
उनले विश्व अल्ट्रा म्याराथन च्याम्पियन बन्दै नेपालको गौरव बढाउने लक्ष्य लिएको बताइन्। मीरालाई किराँत राई खेलकुद संघले विमानस्थलमै स्वागत र सम्मान गर्यो । मीराको स्वागतका लागि उनका गुरु एवं बालाजु कराँते डोजोका प्रमुख प्रशिक्षक ध्रुवविक्रम मल्लसहितको टोली विमानस्थल पुगेको थियो। किराँत समुदायबाट अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल र नेपालीको गौरव बढाएका कारण उनलाई संघले सम्मान गरेको संघका अध्यक्ष महेन्द्र राईले बताए।
अल्ट्रा धाविका मीरा स्वदेश फर्किन






