गुल्मी जिल्ला समाज यूकेको वार्षिकोत्सवमा भलिबल प्रतियोगिता

volleyball
लण्डन । गुल्मी जिल्ला समाज यूकेले आफ्नो वार्षिक कार्यक्रममा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता अगस्ट २ तारिख आइतबार हुँदैछ । प्रतियोगितामा पाँचवटा टोलीले सहभागी जनाउने समाजका उपाध्यक्ष तथा भलिबल प्रतियोगिता संयोजक विनोद ज्ञवालीले जानकारी दिए ।

binod

संयोजक ज्ञवालीले दिएको जानकारीअनुसार प्रतियोगितामा वेस्ट लण्डन नेपाली भलिबल क्लब, आसफोर्ड गुल्मी समाज भलिबल टिम, रसमोर गुल्मी समाज भलिबल टिम, साउथइस्ट लण्डन गुल्मी समाज ‘ए’ र साउथ लण्डन गुल्मी समाज ‘बी’ ले प्रतिस्पर्धा गर्नेछन् ।

भलिबल प्रतियोगितालाई समाजका अध्यक्ष अर्जुन गौतम , मोती पुन, गोकर्ण बस्नेत, झपट भुजेल, बीर बलाल, रडबहादुर केसी, कृष्ण खरेल, दासुराम पाण्डे, मीन दर्लामी, फाता थापा, खड्ग रेस्मी, ओमप्रसाद थापा, र विनोद ज्ञवालीले जनही ५१ पाउण्ड भलिबल खेललाई प्रायोजन गरेको संयोजक ज्ञवालीले जानकारी दिए ।

volleyball-india-asian-games-1423564358-2332009

समाजको वार्षिकोत्सवलाई भव्य बनाउन नेपालबाट लोक गायक द्वयप्रसाद मगर र मञ्जु पौडेल गत बुधबार नै लण्डन आइपुगिसकेका छन् ।

Airport 057