लन्डनमा बद्री पंगेनी र स्थानीय गायिकाबीच दोहोरी भिडन्त हुँदै

लन्डन । बेलायतमा नेपाली लोकदोहोरी तथा मौलिक संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आगामी नोभेम्बर ७ तारिख शनिबार लन्डनमा भव्य ‘लोक दोहोरी साँझ २०२६’ आयोजना हुने भएको छ।

साउथ ह्यारोस्थित Newa Che Maya मा आयोजना हुने कार्यक्रममा नेपालका चर्चित लोकदोहोरी गायक बद्री पंगेनीको विशेष सांगीतिक प्रस्तुति रहनेछ।

कार्यक्रममा गायक पंगेनी र स्थानीय गायिकाबीच रोचक दोहोरी घम्साघम्सीसमेत हुने आयोजकले बताएका छन्।

कार्यक्रमकी आयोजक तथा चर्चित गायिका सुजाता काफ्लेले लन्डन नेपाल न्यूजलाई दिएको जानकारीअनुसार बद्री पंगेनीसँगै बेलायतमा बसोबास गर्दै आएका स्थानीय नेपाली कलाकारहरूले पनि आकर्षक गीत–संगीत तथा दोहोरी प्रस्तुत गर्ने तयारी गरेका छन्।

नेपाली लोकसंगीत, दोहोरी र सांस्कृतिक प्रस्तुतिमार्फत विदेशमा पनि नेपाली कला तथा संस्कृतिलाई जीवन्त राख्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।

कार्यक्रमको आयोजना तथा व्यवस्थापन गायिका सुजाता काफ्ले र गीता खरेललगायतले गरेका छन्।

आयोजकले बेलायतमा रहेका सम्पूर्ण नेपाली संगीतप्रेमी, लोकदोहोरी पारखी तथा नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई मनोरञ्जन लिन आग्रह गरेका छन्।
टेबल बुकिङका लागि सम्पर्क: 020 8423 9108

Leave a Reply

Your email address will not be published. Required fields are marked *