नोभेम्बर १ मा वुल्भरह्याम्प्टनमा अन्तरक्रिया
लन्डन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय नेता, संघीय सांसद तथा विदेश विभाग प्रमुख मनीष झा अक्टोबर ३० तारिख बेलायत भ्रमणमा आउने भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास सम्पर्क विभाग यूकेको आयोजनामा पार्टीका सांसद तथा विदेश विभाग प्रमुख मनीष झासँग बेलायतमा विशेष भेटघाट तथा संवाद कार्यक्रम हुने भएको हो।
रास्वपा प्रवास नेपाली सम्पर्क विभाग बेलायतका सभापति पवन शर्माका अनुसार आगामी नोभेम्बर १ तारिख आइतबार आयोजना हुने कार्यक्रमको स्थान परिवर्तन गरिएको महत्वपूर्ण सूचना जारी गर्दै जानकारी दिएका हुन्।
नयाँ सूचनाअनुसार कार्यक्रम बेलायतको वुल्भरह्याम्प्टनस्थित बिल्डर्स आर्म पब (Builders Arm Pub), 36 Derry Street, Wolverhampton, WV2 1EY मा बिहान १० बजेदेखि सुरु हुने हुनेछ।
यसैगरी, सोसाइटी अफ नेपलिज प्रोफेसनल्सले अक्टोबर ३१ तारिख र ब्रिटेन नेपाल च्याम्बर अफ कमर्सले नोभेम्बर ३ तारिख नेपाली राजदूतावास, लन्डनमा झासँग छुट्टाछुट्टै अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएका छन्।
बेलायत भ्रमणका क्रममा झाले नेपालसम्बन्धी सर्वदलीय संसदीय समूहकी अध्यक्ष एलेक्स बेकरसहित अन्य बेलायती सांसद तथा राजनीतिज्ञहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
बेलायत भ्रमणका क्रममा झाले बेलायती राजनीतिज्ञहरूसँग भेटघाट, बेलायती संसद् तथा विश्वविद्यालयको भ्रमण र नेपाली समुदायसँग विभिन्न अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।
कार्यक्रममा वंशजका आधारमा नेपाली नागरिकता, भूतपूर्व गोर्खाहरूका समस्या तथा युवा, शिक्षा तथा अवसरका विषयमा समेत छलफल हुने छ।
विभागका महासचिव कृष्ण लुइँटेलले उनको भ्रमण तथा कार्यक्रमबारे जानकारी दिएका हुन्।
आयोजक राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास सम्पर्क विभाग यूकेले बेलायतस्थित नेपाली समुदाय, युवा, विद्यार्थी तथा शुभेच्छुकहरूलाई कार्यक्रमस्थल परिवर्तन भएकाले सम्पूर्ण सहभागीलाई नयाँ स्थानमा उपस्थित हुन अनुरोध गरेको छ।
सांसद झा नोभेम्बर ६ तारिख नेपाल फर्किने कार्यक्रम रहेको छ।






