लण्डन आइपुगे धादिङ–नुवाकोट समाजको कार्यक्रमका लागि भ्वाइस अफ नेपालका विजेता प्रोसेस पाण्डे,

लण्डन — धादिङ–नुवाकोट समाज यूके (DNS UK) को वार्षिक समर भेटघाट कार्यक्रमका लागि नेपालबाट आमन्त्रित चर्चित कलाकारहरू लण्डन आइपुगेका छन्। हीथ्रो विमानस्थलमा समाजका अध्यक्ष धनबहादुर तामाङ (पाख्रिन) नेतृत्वको टोलीले उनीहरूको भव्य स्वागत गरेको हो।

आगामी १८ जुलाई २०२६ मा लण्डनस्थित स्प्रिङवेस्ट एकेडेमी, फेल्थाम मा आयोजना हुने “Annual Get Together 2026” कार्यक्रमलाई लक्षित गर्दै ‘द भ्वाइस अफ नेपाल सिजन–६’ का विजेता प्रोसेस पाण्डे लण्डन आइपुगेका छन्
कार्यक्रमका लागि हास्य कलाकार शैलेन्द्र सिम्खडा तथा लोकगायिका शोभा त्रिपाठी तथा गायक कुमार योञ्जन यस आघि नै बेलायत पुगेका हुन्।

विमानस्थलमा गायक प्रोसेस पाण्डे लगायत कलाकारहरूलाई स्वागत गर्न समाजका पदाधिकारी, सल्लाहकार तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा अध्यक्ष धन तामाङ, उपाध्यक्ष गोल तामाङ, कोषाध्यक्ष शेर पाखरिन, महासचिव बुद्धि तामाङ, पूर्व अध्यक्ष तथा सल्लाहकार बम ब्लेन्थेन र रामबहादुर गुरुङ लगायतका व्यक्तित्वहरू सहभागी थिए।

विगत ११ वर्षदेखि बेलायतमा बसोबास गर्दै आएका धादिङ र नुवाकोटवासी नेपालीहरूको साझा संस्था DNS UK सामाजिक तथा सांस्कृतिक गतिविधिमा सक्रिय रहँदै आएको छ। संस्थाले आपसी एकता, भाईचारा तथा नेपाली कला–संस्कृतिको संरक्षण र प्रवर्द्धनलाई प्राथमिकता दिँदै यस वर्षको कार्यक्रमलाई अझ भव्य बनाउने तयारी गरेको जनाएको छ।

कार्यक्रममा नेपालबाट आएका कलाकारहरूको विशेष सांगीतिक तथा हास्य प्रस्तुति रहनेछ भने बेलायतस्थित नेपाली प्रतिभाहरूबाट नृत्य तथा विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिनेछ।

यसै अवसरमा सोही दिन बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म ‘डीएनएस कप फुटबल प्रतियोगिता २०२६’ पनि आयोजना गरिने भएको छ। प्रतियोगिताका संयोजक थमु वाइबाका अनुसार खेलकुदमार्फत युवा पुस्तालाई जोड्ने तथा स्वस्थ मनोरञ्जन प्रदान गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।

समाजले कार्यक्रममा धादिङ–नुवाकोटवासी मात्र नभई बेलायतभरि रहेका सम्पूर्ण नेपाली समुदायलाई सहभागी भई कार्यक्रम सफल बनाउन हार्दिक आह्वान गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *