लन्डन — हरितालिका तीजको अवसरमा नयाँ तीज गीत ‘छम्म छम्म नाचौंला’ सार्वजनिक गरिएको छ। मौलिक नेपाली संस्कृति, माइती–चेलीको सम्बन्ध र तीजको उमंग समेटिएको उक्त गीत क्षेत्री समाज बेलायतको वार्षिक कार्यक्रममा पहिलो पटक प्रस्तुत गरिएको हो।
गीत गोर्खा इन्टरटेनमेन्टको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। शब्द तथा संगीत नरेन्द्र बस्नेतको रहेको छ भने स्वर एआई प्रविधिबाट तयार गरिएको हो।
गीतमा तीजको परम्परासँगै आधुनिक पुस्ताको जीवनशैली, ‘सेल्फी’ र ‘टिकटक’ जस्ता समसामयिक विषयहरू पनि समेटिएका छन्। भिडियोमा बिनिता बस्नेतको प्रस्तुति रहेको छ भने निर्देशन पशुपति सुनार र कोरियोग्राफी सन्ध्या रसाइलीले गरेका छन्।गीतकार बस्नेतले आधुनिक प्रविधि र नेपाली मौलिक संस्कृतिको संयोजन गर्ने उद्देश्यले गीत निर्माण गरिएको बताएका छन्।






