लण्डन, असार ६ (जुन २०) — बेलायतमा बसोबास गर्ने तामाङ समुदायको अग्रणी संस्था तामाङ समाज यूकेद्वारा पहिलोपटक आयोजना गरिएको ‘प्रथम रिन्जेन दोर्जे कप’ फुटबल प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। 
शनिबार सम्पन्न प्रतियोगितामा हेज एफसीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पार्न सफल भएको छ। फाइनल खेलमा सशक्त प्रदर्शन गर्दै हेज एफसीले पहिलो स्थान हासिल गरेको हो।
त्यसैगरी, डीसीएफसीले पनि प्रभावशाली खेल प्रदर्शन गर्दै उपविजेतामा चित्त बुझाएको छ। प्रतियोगिताभर यी दुई टोलीबीच कडा प्रतिस्पर्धा देखिएको थियो।
प्रतियोगितामा कुल १८ टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ। खेल लण्डनस्थित वेम्बलीको एलएनईआर स्पोर्ट्स एन्ड सोसल क्लब, मेबैंक एभिन्यूमा सम्पन्न भएको हो।
विजेता टोली हेज एफसीले ट्रफी, मेडलसहित १८०० पाउण्ड नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता डीसीएफसीले ट्रफी, मेडलसहित १००० पाउण्ड नगदसहित ट्रफी र मेडल प्राप्त गरेको छ।
रिन्जेन दोर्जे कप २०२६ मा १८ टोलीबीच निकै प्रतिस्पर्धात्मक खेलहरू भएका थिए जसको संयोजन थमु वाइबाले गरेका थिए।
कार्यक्रम तामाङ समाज यूकेका महासचिब रोज लामाले सञ्चालन गरेका थिए। कार्यक्रमका प्रमुख अथिती तामाङ समाज युकेको सल्लाहकार एवं पुर्व अध्यक्ष दिपक गोले रहेका थिए-
उनलेले बेलायतमा बस्ने नेपाली युवामाझ फुटबल खेलप्रति बढ्दो लोकप्रियताप्रति खुशी व्यक्त गरे।उनले सबै खेलाडी तथा सहभागी हरुलाई आभार व्यक्त गरेका थिए।
कार्यक्रममाधादिङ–नुवाकोट समाज यूकेका अध्यक्ष धनबहादुर तामाङ (पाख्रिन) अतिथिका रूपमा उपस्थित थिए।

तामाङ समाज यूकेको २०औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न भएको छ। उक्त अवसरमा तामाङ समुदायको झण्डालाई औपचारिक रूपमा उद्घाटन गरिएको थियो।
अध्यक्ष सुरेश वाइबाले प्रतियोगितामा सहभागी खेलाडी टोलीले अनुशासित र उत्कृष्ट खेल प्रदर्शन गरेकोमा खुसि व्यक्त गर्दै तथा समुदायलाई खेल हेरी खेलाडीहरूको हौसला दिने सबै प्रति आभार व्यक्त गरेका छन्।
कार्यक्रमका अवसरमा समाजका संस्थापक सदस्यहरू तथा पूर्व अध्यक्षहरूलाई सम्मान गरिएको थियो।कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्यहरू तथा समुदायका विभिन्न व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
तामाङ समाज यूकेका अध्यक्ष सुरेश वाइबाले प्रतियोगितामा सहभागी खेलाडी टोलीले अनुशासित र उत्कृष्ट खेल प्रदर्शन गरेकोमा खुसि व्यक्त गर्दै तथा समुदायलाई खेल हेरी खेलाडीहरूको हौसला दिने सबै प्रति आभार व्यक्त गरेका छन्।
कार्यक्रमलाई थप आकर्षक बनाउन खेलस्थलमा दर्शकहरूका लागि विभिन्न स्टलहरूको समेत व्यवस्था गरिएको थियो।
यस प्रतियोगिताले बेलायतमा रहेका नेपाली समुदाय, विशेषगरी तामाङ समुदायबीच आपसी सद्भाव, एकता र खेल संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकको विश्वास रहेको छ।








