लण्डनमा भव्य तयारी सहित ‘रिन्जेन दोर्जे कप’ जुन २० मा हुँदै-१८ टिम भिड्ने-विजेतालाई १८०० पाउन्ड

लण्डन । तामाङ समाज यूकेद्वारा आयोजना हुन लागेको ‘रिन्जेन दोर्जे कप’ फुटबल प्रतियोगिता यही जुन २० तारिखमा लण्डनमा भव्य तयारीका साथ सम्पन्न हुने भएको छ।

रिन्जेन दोर्जेको सम्मानमा आयोजना गर्न लागिएको यो प्रतियोगिता बेलायतमा पहिलोपटक हुन लागेको आयोजकले जनाएको छ। प्रतियोगिता ९–ए–साइड प्रणालीमा सञ्चालन गरिनेछ।

प्रतियोगितामा १८ टिमको सहभागिता रहनेछ। खेल वेम्बलीस्थित एलएनईआर स्पोर्ट्स एन्ड सोसल क्लब, मेबैंक एभिन्यूमा आयोजना गरिनेछ।

प्रतियोगिताका विजेता टोलीले ट्रफी, मेडलसहित १८०० पाउन्ड नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ट्रफी र मेडलसहित १००० पाउन्ड पुरस्कार पाउनेछन्।

कार्यक्रमलाई थप आकर्षक बनाउन खेलस्थलमा दर्शकहरूका लागि खाना तथा विभिन्न स्टलहरूको समेत व्यवस्था गरिने आयोजकले जनाएको छ। साथै, नेपाली समुदायबीच आपसी एकता, भाइचारा र खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताइएको छ।

यो प्रतियोगिता केवल खेल मात्र नभई:यूकेमा रहेका नेपाली विशेषगरी तमाङ समुदायबीच एकता र सम्बन्ध मजबुत बनाउने युवा पुस्तालाई खेलकुदतर्फ प्रेरित गर्नेसांस्कृतिक तथा सामाजिक गतिविधिलाई प्रवर्द्धन गर्ने मुख्य लक्ष्य राखिएको छ।

आयोजकले प्रतियोगितामा सहभागी हुन इच्छुक टिम तथा दर्शकहरूलाई उपस्थित भई कार्यक्रम सफल बनाउन अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *