नेपाली समाज नटिङ्घम इस्ट मिडल्यान्ड यूकेले भब्य रुपले मनायो नेपाली नयाँ वर्ष २०८३

लन्डन/नेपाली समाज नटिङ्घम इस्ट मिडल्यान्ड यूकेले नेपाली नयाँ वर्ष २०८३  विशेष कार्यक्रमका साथ भब्य रुपले मनाएको  छ ।

सोमबार साँझ स्थानीय द ब्रिक्स हलमा आयोजित नयाँ वर्ष शुभकामना कार्यक्रममा विविध सांस्कृतिक र मनोरजनात्मक प्रस्तुतिका साथ नयाँ वर्ष शुभकामना आदानप्रदान गरियो

कार्यक्रममा करिब ४०० नेपाली समुदायका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम समाजका महासचिव डिलराम गौतमद्वारा सञ्चालन गरिएको थियो भने पानसमा दीप प्रज्वलन गरी औपचारिक रूपमा उद्घाटन गरिएको थियो।

कार्यक्रममा समाजका अध्यक्ष  लोकनाथ अधिकारी, संस्थापक अध्यक्ष श्री रणबहादुर खाती, निर्बर्तमान अध्यक्ष श्री राम प्रसद पन्थी,पूर्व अध्यक्षहरू श्री तारानाथ भण्डारी, श्री विश्णु चालिसे, श्री प्रबिण ओझा, श्री गोविन्द खराल, श्री हिरा सापकोटा, श्री रवीन्द्र शर्मा लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। त्यसैगरी नेपाली महिला समूह नटिङ्घमकि अध्यक्ष श्रीमती बिष्णु खराल तथा पदाधिकारीहरू,नवौ कार्यसमितिका सल्लाहकारहरू, आजीवन सदस्यहरू तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो।
पानसमा बत्ती बालेर उदघाटन गरिएको उक्त कार्यक्रम मा उपस्थित सबैलाई समाजकी उपाध्यक्ष श्रीमती निरु चालिसेले मन्तव्य मार्फत स्वागत गर्नु भएको थियो , त्यसैगरी शुभकामना मन्तब्यको क्रममा नटिङ्घम नेपाली महिला समुहकि अध्यक्ष श्रीमती बिष्णु खरालले शुभकामना मन्तव्य राख्नु भएको थियो।

उक्त अवसरमा शुभकामना सन्देश दिँदै विभिन्न संघ–संस्थाहरूको प्रतिनिधित्व गर्दै समाजका पुर्ब अध्यक्ष बिष्णु चालिसेले आफ्नो मन्तव्य राख्नुभएको थियो। सम्पूर्ण पूर्व अध्यक्षहरूको तर्फबाट संस्थाका पूर्व अध्यक्ष श्री तारानाथ भण्डारीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने संस्थापक अध्यक्ष श्री रणबहादुर खातीले पनि नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभएको थियो। साथै कार्यक्रमको प्रथम चरणको समापन गर्दै आजको कार्यक्रमको अद्छ्यता गर्नुभएका समाजका अध्यक्ष श्री लोकनाथ अधिकारीले उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै शुभकामना मन्तव्य राख्नुभएको थियो।

कार्यक्रमकै बिचमा समाजको दीर्घकालीन अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आउनुभएका वर्तमान उपाध्यक्ष श्री रेशम खड्कालाई विशेष सम्मान गरिएको थियो। प्रतिकूल स्वास्थ्य अवस्थाका बाबजुद पनि समाजप्रतिको उहाँको समर्पण र योगदानको कदर गर्दै गरिएको उक्त सम्मान कार्यक्रममा उपस्थितहरू भावुक बनेका थिए।
लगत्तै दोस्रो चरणको सास्कृतिक कार्यक्रम समाजका सचीव बिबेक खाती ,सास्कृतिक सम्योजक बिष्णु गुरुङ र सह सम्योजक सुदिप उप्रेतीले सन्चालन गरेका थिए ।

सांस्कृतिक कार्यक्रममा नेपालबाट आउनुभएकी राष्ट्रिय कलाकार निरजला गुरुङको उत्कृष्ट प्रस्तुति रहेको थियो भने स्थानीय कलाकारहरू तथा नवप्रतिभाहरूको पनि आकर्षक प्रस्तुति प्रस्तुत गरिएको थियो। साथै नवविवाहित जोडीहरू तथा स्थानीय कलाकारहरूको सहभागिताले कार्यक्रमलाई अझ जीवन्त बनाएको थियो।

कार्यक्रममा डीजे सञ्चालनमार्फत श्री नन्द पुनले सबैलाई भरपूर मनोरञ्जन दिनुभएको थियो । सहभागीहरूका लागि खाना तथा पेय पदार्थको व्यवस्था द ब्रिक्स हल व्यवस्थापन पक्षबाट गरिएको थियो।
कार्यक्रमको सफल आर्थिक व्यवस्थापनका लागि कोषाध्यक्ष श्री मोहन केसी र सह-कोषाध्यक्ष श्री अर्जुन सापकोटाको नेतृत्वमा रहेको टिमले उत्कृष्ट कार्यकुशलता प्रदर्शन गरेको थियो। साथै विभिन्न प्रायोजकहरूको सहयोगमा आकर्षक राफल ड्र कार्यक्रम पनि आयोजना गरिएको थियो, जसले सहभागीहरूको उत्साह थप बढाएको थियो।
यसका साथै कार्यक्रममा नयाँ आजीवन सदस्यहरूलाई स्वागत तथा सम्मान गर्ने कार्यक्रम पनि समावेश गरिएको थियो।

कार्यक्रम राति करिब साढे १० बजेसम्म अत्यन्त हर्षोल्लासका साथ सञ्चालन भएको थियो। कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहयोगी, स्वयंसेवक तथा सहभागीप्रति आयोजक संस्थाले आभार व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *