बेलायतमा अन्तर्राष्ट्रिय महिला दिवसमा वृहत् स्वास्थ्य शिविर (फोटो फिचर)

लण्डन । गैरआवासीय नेपाली संघ एनआरएन यूके महिला विभागले ११६औँ अन्तर्राष्ट्रिय नारी दिवस एक विशेष कार्यक्रमबीच मनाएका छन्।

८ मार्च आइतबार अल्डरसटस्थित एम्पायरमा अध्यक्ष राजेन्द्र पुडासैनी नेतृत्वको एनआरएनए यूके महिला संयोजक बिनु लामिछानेले सयोजन गरेको नारी दिवसमा वृहत् स्वास्थ्य सचेतना तथा परीक्षण कार्यक्रम सम्पन्न भएको हो ।

एनआरएनए यूके उपाध्यक्ष डा. रक्षा थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न पेशाका नेपाली महिलाहरू तथा समुदायका सदस्यहरू सहभागी भई प्रेरणा र विचार आदान–प्रदान गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् बेलायतका लागि नेपाली कार्यवाहक राजदुतकी धर्मपत्नी माया भुसालले सबैलाई अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना सन्देश व्यक्त गरेकी थिईन् ।

कार्यक्रममा नेपाली समुदायका महिला तथा सर्वसाधारणलाई लक्षित गर्दै स्वास्थ्य परीक्षण, स्वास्थ्य सचेतना तथा प्राथमिक उपचार सम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो।

कार्यक्रममा उपस्थित सबैको स्वास्थ्य परीक्षण Nepalese Doctors’ Association UK र Nepalese Nursing Association UK का स्वास्थ्यकर्मीहरूले गरेका थिए।

कार्यक्रममा NDA UK की अध्यक्ष डा. आरती थापा, डा. आयस्ता सुब्बा, राजेन्द्र थापा तथा अप्सरा चित्रासञ्जेलले सहभागीहरूलाई CPR अर्थात् आकस्मिक अवस्थामा गरिने प्राथमिक उपचारसम्बन्धी प्रशिक्षण दिएका थिए।

कार्यक्रमको संयोजन तथा सञ्चालन एनआरएनए यूकेकी महिला संयोजक : बिनु लामिछानेले गरेकी थिइन्। कार्यक्रममा इंग्ल्यान्ड राज्य परिषद अध्यक्ष राम माया विष्टले स्वागत मन्तव्यले राखेकी थिइन्

एनआरएनए यूके उपाध्यक्ष डा. रक्षा थापले नारी दिवसको शुभकामना दिंदै महिला सशक्तिकरणका विषयमा मन्तव्य राखेकी थिइन्।

डा. रचयिता लामिछानेले दन्त स्वास्थ्य सचेतना तथा परीक्षण
बारे बोलेकी थिइन् कार्यक्रममा विभिन्न संघसंस्था तथा समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।सहभागीहरूले सुव्यवस्थित र प्रभावकारी कार्यक्रमको रूपमा प्रशंसा गरेका थिए।

सयोजक बिनु लामिछानेका अनुसार यस प्रकारका स्वास्थ्य सचेतनामूलक कार्यक्रमले नेपाली समुदायको स्वास्थ्यप्रति जागरूकता बढाउन महत्वपूर्ण भूमिका खेलेको बताइन। उनले कार्यक्रममा सहयोग गर्ने सम्पूर्ण प्रति आभार व्यक्त गरेकी छन ।

त्यसैगरी कार्यक्रममा गायिका शर्मिला बर्दिबाले उपस्थित दर्शकहरूलाई मनोरञ्जन प्रदान गरेकी थिइन्।

कार्यक्रममा Everest law solicitors,Mortgage matters,Sansaya academy Demand heating and plumbing ,Bizz education ,Hi tech,Health and wellness coach poonam joshi लगायत संस्थाहरूले प्रायोजन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *