झापाली समाज अस्ट्रेलियामा अजय राजवंशीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

सिड्नी । झापाली समाज अस्ट्रेलियाको साधारणसभाले अजय राजवंशीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। सिड्नीको ग्रानभिलस्थित रातो घरमा सम्पन्न साधारणसभाबाट निर्विरोध रूपमा नयाँ नेतृत्व चयन गरिएको हो।कार्यक्रममा निवर्तमान अध्यक्ष अशोक उप्रेतीको नेतृत्वमा रहेको कार्यसमितिले एक समारोहबीच नव–निर्वाचित पदाधिकारीहरूलाई पद हस्तान्तरण गरेको थियो।

नवगठित कार्यसमितिको उपाध्यक्षमा मदन धौराली, सचिवमा दिपेन्द्र ओडारी, सह–सचिवमा कौशलराज सिटौला तथा कोषाध्यक्षमा लुना सिवाकोटी चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा सन्जिव पराजुली, रोशन धौराली, प्रलाद घिमिरे, अशोक भेटवाल, सहमाल कडरिया, नविन गौतम, जनक उप्रेती, दिपेन्द्र बुढाथोकी, चन्द्र कुमार ढकाल र अमित श्रेष्ठ रहेका छन्।

नव–निर्वाचित पदाधिकारीहरूलाई निर्वाचन समितिका तर्फबाट जविन श्रेष्ठ, अशोक ओली र सीताराम घिमिरेले पद तथा गोपनीयताको सपथ गराएका थिए।नव–निर्वाचित अध्यक्ष अजय राजवंशीले संस्थाले आफूलाई योग्य ठानेर नेतृत्वको जिम्मेवारी दिएकोमा आभार व्यक्त गर्दै आगामी दिनमा झापा जिल्लाको विकास र सामाजिक क्षेत्रमा थप सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए।कार्यक्रमका प्रमुख अतिथि तथा एनएसडब्लु राज्यका अवैतनिक वाणिज्यदूत संजिव शर्माले प्रवासमा रहेका यस्ता संस्थाहरूले मातृभूमिको विकास र सामाजिक एकतामा महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गर्दै नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरे।

 झापाली समाजका संरक्षक भवानी ओली, एनआरएनका ओसेनिया संयोजक दिनेश पोखरेल, उप–संयोजक अरुण ठाकुर, एनआरएनका कोषाध्यक्ष नीजन चौलागाई, नयाका अध्यक्ष बीपीन थापा, सामाजिक अभियन्ता केशव जोशी, डा. राजु मानन्धर, अस्ट्रेलियन नेपाली पत्रकार संघका अध्यक्ष कृष्ण तिवारी, अन्तर्राष्ट्रिय झापाली समाजका प्रतिनिधि उमेश पोखरेल, भुपाल सिटौला, सुर्खेत समाजका चन्द्रप्रकाश ढकाल तथा चलचित्र निर्देशक शोभित बस्नेत लगायतले नव–निर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। अस्ट्रेलियामा रहेर झापाको विकास र सामाजिक क्षेत्रमा सक्रिय भूमिका खेल्दै आएको झापाली समाज अस्ट्रेलियाले आगामी दिनमा पनि समुदाय–केन्द्रित कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *