महासचिवमै लड्दैछन इञ्जिनियर त्रिपाठी :

लन्डन । 11694310_10204592335477192_1424657274_n[1]

एनआरएन यूकेको अधिवेसनका लागि झण्डै दुई महिना मात्र बांकी रहंदा चुनावी सरगर्मीले बेलायतको नेपाली समुदायलाई पनि तताउंदै लगेको छ । अध्यक्ष पदका लागि आधा दर्जन बढिले उम्मेदवारी दिने घोषणा गरिसक्दा वर्तमान कार्यसमितिका महासचिव राजकुमार त्रिपाठीले पनि थप एक कार्याकालका लागि महासचिव पदमै चुनाव लड्ने घोषणा गरेका छन ।

’मैले ६ महिना मात्र एनआरएन यूकेको महासचिवका रुपमा काम गर्ने अवसर पाएँ, केही गर्छु भन्ने मान्छेलाई यो समय थोरै हो’, आफनो उम्मेदवारी दिने निर्णयबारे त्रिपाठीले भने, ‘धेरै अधुरा काम पूरा गर्न बाँकी छ, गैरआवासीय नेपाली संघ यूकेलाई संस्थागत बनाउने अभियान भएकाले अर्को कार्यकालमा समेत निरन्तरता दिने निर्णयमा पुगेको हुं ।’

एनआरएनभित्र भिजन भएका नेताहरुको कमि रहेको भन्दै त्रिपाठीले आफनो अध्ययन, नेपाल तथा बेलायतमा पाएको काम गर्ने अवसर तथा विभिन्न संघसंस्थामा लामो समयदेखिको संलग्नताबाट लिएको अनुभव एनआरएन यूकेको हितमा सदुपयोग गर्ने चाहना भएको बताए । विगत १२ वर्षदेखि बेलायतमै बस्दै आएका त्रिपाठी पेशाले इञ्जिनियर हुन ।

त्रिपाठीले त्रिभूवन विश्वविद्यालयबाट कस्न्ट्रक्सन प्रोजेट डिजाइन म्यानेजमेन्टमा स्नाकोत्तर गरेका छन् । उनी नेपाली जनसम्पर्क समिति बेलायतको महामन्त्री, यति नेपाली एसोसियसन यूके, कोडाक, एनबीसी यूकेलगायत आधा दर्जनभन्दा बढी संघसंस्थामा सल्लाहकारको रुपमा समेत सक्रिय छन् । हालसालै नेपालमा आएको महाभुकम्पपछि एनआरएन यूकेको तर्फबाट नेपालमा गरिएको राहत वितरण पनि त्रिपाठीकै संयोजनमा गरिएको थियो ।