मस्यौदामा सुझाव पेश गर्न यूकेवासी नेपालीलाई आग्रह

लण्डन–

प्रवासमा रहेका नेपालीलाई समेत संविधानको मस्यौदामा छलफल र रायसुझाव पेस गर्ने अवसर दिइएको छ । नेपाली दूतावास लण्डनले गैरआवासीय नेपाली संघ यूकेमार्फत् यो अवसरको सदुपयोग गर्न आग्रह गरेको छ । आफूलाई अनुकूल भएको समयमा  इमेलमार्फत् राय सुझाव बुझाउन सकिने अध्यक्ष महेन्द्र कर्णेल र महासचिव राजकुमार त्रिपाठीले जारी गरेको पे्रस विज्ञप्तिमा उल्लेख छ । यो ऐतिहासिक अवसरको सुदपयोग गर्न आग्रह गर्दै सुझाव जुलाई २० तारिकसम्ममा पुग्नुपर्ने जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।NRNA-image[1]

आदरणीय महानुभाबहरु ,
तपाईंहरुसबैलाई अबगत भएकै कुरा हो नेपालको संबिधान सभाबाट बृहत् आतंरिक सम्बाद , छलफल र सहमतिबाट नेपाल राज्यको संबिधानका लागि प्रारंभिक मस्यौदा संबिधान सभामा समेत पेश भई पारित भएको छ। उक्त मस्यौदा माथि थपघट , सल्लाह सुझाबका लागि आम नेपाली जनसमुदाय सामू पठाउने निर्णय भएको छ, यसर्थ नेपाली दुताबास बेलायतबाट गैर आबासिय नेपाली संघ बेलायतलाई यहाँ स्थित संपूर्ण नेपाली समुदाय र संघ-संस्थाहरु सग समन्बयगरी निजहरुको राय, सुझाबलाई लिपिबद्धगरी नेपाली दुताबास मार्फत नेपालको संबिधान सभामा पेश गर्न समन्बयकारी भूमिका खेल्न आग्रह गरिएकोहुँदा संपूर्ण बेलायत माँ बसोबास गर्ने नेपाली जनसमुदाय र संघ संस्थाहरुलाई अाफ्नो राय सुझाब अबिलम्ब तलाउल्लेखित ईमेल ठेगानामा पठाई दिनु हुन हार्दिक अपील गर्दछौ ।
उक्त सल्लहा र सुझाब पठाउने अन्तिम मिति २० जुलाई २०१५ सम्म मात्र भएको हुँदा अबिलम्ब आफ्नो सुझाबहरु पठाइदिनु हुन अनुरोध गर्दै तपाईहरुको अमूल्य सुझाबका लागि गैर आबासिय नेपाली संघ बेलायत हार्दिक स्वागत गर्दछ ।
ईमेल ठेगाना: nrnuk2014@gmail.com