रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाको तीज धमाका भव्य रुपमा  सम्पन्न

सिड्नी । रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाले तीज धमाका भव्य रुपमा सम्पन्न गरेको छ ।हिन्दु नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर २४ अगस्ट  आइतबारकार ईन्द्रेणी फंक्सन सेन्टर रक्डेलमा सञ्जालले ‘तीज धमाका नाइट २०२५ कार्यक्रम भव्य रुपमा  सम्पन्न गरेको हो ।पछिल्लो समय  नेपाली लोक दोहोरी क्षेत्रमा एक अब्बल र स्थापित कलाकारको रुपमा पहिचान बनाएका खेम सेन्चुरी र सुनिता बुढाले नेपालको सांस्कृति पर्व तीजको नेपालको झल्को मेटाउने  वेजोड प्रस्तुतीले दर्सकलाई भर्पुर मनोरञ्जन गराएका थिए ।‘तीज धमाका’मा चर्चित लोकदोहोरी गायक खेम सेन्चुरी र गायिका सुनिता बुढाले ले उपस्थित दर्शकहरुलाई छमछमी नचाएका थिए । रुपन्देही सामाजिक सञ्जालका अध्यक्ष दिवाकर काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एनआरएनए आइसिसी सचिव डा  ज्ञानेन्द्र रेग्मी प्रमुख आतिथ्यता र विशिष्ट अतिथि आध्यात्मिक गुरु दिनबन्धु पोखरेलको  रहेको थियो सञ्जालका अध्यक्ष काफ्लेले अनाथ, असहाय र फरक क्षमता भएका बालबालिकाको सहयोगार्थ आयोजित कार्यक्रम भव्य रुपमा सम्पन्न भएको वताए।  उनले  कार्यक्रम सम्पन्न गर्नका लागि सामाजिक सञ्जालका पदाधिकारीहरूको महत्त्वपूर्ण भूमिका रहेको भन्दै सम्पूर्ण प्रायोजक तथा सहयोगदातालाई धन्यवाद दिए।  कार्यक्रममा प्रमुख अतिथि डाक्टर ज्ञानेन्द्र रेग्मी पण्डित दिनबन्धु पोखरेल टाइटल स्पोन्सर विजय पौडेल र प्लाटिनम स्पोन्सर विष्णु अर्यालले कार्यक्रमको शुभकामना दिँदै संस्थाले गरेका कामको बारेमा प्रशंसा गरेका थिए।  कार्यक्रममा रुपन्देही सामाजिक सञ्जालका पूर्व अध्यक्षहरू, एनआरएनएका पदाधिकारीहरू लगायत नेपाली सघंसंस्थाका प्रमुख तथा प्रतिनिधि तथा नेपाली समुदायका सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो।सञ्जालकी उपाध्यक्ष रञ्जिता भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन महासचिव सूचना पाण्डेले  गरेकी थिइन्।