काठमाडौं, आषाढ २७ । अष्ट्रेलिया विरुद्धको ५ टेष्टको क्रिकेट श्रृंखलामा इंङ्ल्याण्डले सुरुवाती अग्रता लिएको छ । वेल्सको कार्डीफमा शनिबार सम्पन्न पहिलो टेष्ट म्याचमा इंङ्ल्याण्ड १ सय ६९ रनले विजयी भयो । जितका लागि ४ सय १२ रनको विशाल लक्ष्य पछ्याएको अष्ट्रेलिया शनिबार चौथो दिन २ सय ४२ रनमा समेटियो ।
पाहुना टोली अष्ट्रेलियाको लागि मिचेल जोन्सनले ७७ रन जोडे । इंग्लण्डका स्टुवार्ट ब्रोड र मोईन अलीले ३-३ विकेट लिए ।
पहिलोे इनिङमा अष्ट्रेलियासँग १ सय २२ रनको अग्रता लिएको इंङ्ल्याण्डले दोस्रो इनिङमा २ सय ८९ रन जोडेपछि अष्ट्रेलियाले ४ सय १२ रनको लक्ष्य पाएको हो ।
यो जितसँगै इंङ्ल्याण्डले ५ खेलको टेष्ट श्रृंखलामा १-० को अग्रता लिएको छ । दुई वर्ष अघि अष्ट्रेलियामा सम्पन्न श्रृंखला ५-० ले गुमाएको इंङ्ल्याण्डले आफ्नै भुमीमा भने शानदार सुरुवात गरेको हो । एसेस टेष्ट श्रृंखला अन्तर्गतको दोस्रो टेष्ट आगामी बिहीबारबाट लर्ड्समा हुनेछ ।
अष्ट्रेलियाविरुद्ध इंङ्ल्याण्ड विजयी






