बेलायतको समुन्द्रमा पुगे फस्ट गोर्खा आमा समूहका सयौ आमा कलाकार संगै नाचे छमछमी

लन्डन । फस्ट गोर्खा आमा समूहको समर सि साईड ट्रिप सामुन्द्रिक भ्रमण पार्टी सम्पन्न भएको छ

फस्ट गोर्खा आमा समुहको आयोजनामा हेलिङ बिचमा दुइ कोचमा सयौ नेपाली आमाहरुले सी साइड यात्रा गरेका हुन्

फस्ट गोर्खा आमा समूहकी अध्यक्ष सेतीमाया गुरुङको
अध्यक्षता एबम एनआरएनए यूके पूर्वप्रमुख संरक्षक तथा समाजसेवी शेरबहादुर सुनारको सहयोग र पहलमा फस्ट गोर्खा आमा समूहका आमा हरुले दुइ कोचमा हेलिङ बिच ‘सी साइट’ एकदिने सामुन्द्रिक भ्रमण सम्पन्न गरेको हो ।

समुन्द्र पुगेका आमाहरु गायक आरसी पौडेल र गायिका शर्मिला बिसीको प्रस्तुतिसँगै आमाहरु छमछमी नाचेका थिए।

सुनारले विगत सात वर्षदेखि आमाहरुलाई विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक भ्रमणहरू गराउँदै आइरहेका छन् ।

सुनारले भ्रमणमा निस्कनुअघि आमाहरुलाई स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै भ्रमण गर्न आग्रह गर्दै शुभकामना दिए । स्वास्थ्य समस्या आएमा तत्काल आफूलाई जानकारी गराउनसमेत उनले अनुरोध गरेका थिए।

फस्ट गोर्खा आमा समूहका अध्यक्ष सेतीमाया गुरुङले लण्डन नेपाल न्युज सँग बोल्दै भ्रमणमा ११० जना सहभागी आमा समुद्र किनारको रमाइलो वातावरणमा रेल चढ्ने, खेलकुद, खाजाको मजा लिने, नाचगान लगायतका विविध गतिविधिहरू गरेको उनले बताइन् ।

समुन्द्र भ्रमण पुगेका आमा हरुलाइ लोकदोहोरी गायिका शर्मिला बिसी आरसी पौडेलले लाइभ दोहोरी एबम नाचेर भरपुर सांस्कृतिक मनोरञ्जन गराएका थिए